पञ्चेबाजा बजाउने परम्परागत चलन हराउँदै « Khabarhub

पञ्चेबाजा बजाउने परम्परागत चलन हराउँदै


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– आधुनिक बाजाको आगमनसँगै परम्परागत रूपमा बजाइने नेपालको लोकसंस्कार र संस्कृतिको पहिचान बोकेका पञ्चेबाजा बजाउने चलन हराउँदै गएको छ ।

पुस्तान्तरणको अभाव, बजाउने सीप भएकाको कमी र आधुनिक बाजाप्रतिको आकर्षण बढ्दा मौलिक परम्परा सङ्कटमा परेको स्थानीयको बुझाइ छ ।

स्थानीय नीरबहादुर परियारले बजारमा आधुनिक बाजाको सहज पहुँचसँगै विवाह, व्रतबन्ध तथा विभिन्न सांस्कृतिक समारोहमा बजाइने पञ्चेबाजाको प्रयोग घट्दै गएको बताए ।

पञ्चेबाजामा नरसिंहा, दमाहा, सनाई, टेम्पुलो र झ्याम्टा गरी पाँच वाद्ययन्त्रको प्रयोग हुने गर्छ । हाल गाउँघरमा यस्ता वाद्य तथा बजाउने सीप भएका व्यक्तिहरू पाउनै कठिन भएको उनको भनाइ छ ।

परियारले भने, ‘पहिले हरेक कार्यक्रममा पञ्चेबाजाको धुन गुन्जिन्थ्यो, तर अचेल आधुनिक डिजे बाजाले ठाउँ ओगटेपछि परम्परागत बाजा बजाउने चलन हराउँदै गएको छ ।’

नेपालकै मौलिकता झल्काउने पञ्चेबाजा सीमित जाति समुदायमा मात्र केन्द्रित हुँदा यसले संरक्षणको जोखिम थपेको स्थानीय बद्रीप्रसाद अधिकारीले बताए । पञ्चेबाजाको संरक्षणका लागि राज्यले प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ ।।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  १० : १८ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन