एमालेको ११औँ महाधिवेशन : अष्टलक्ष्मी शाक्यको फरक मत, विधान संशोधनको कडा विरोध « Khabarhub

एमालेको ११औँ महाधिवेशन : अष्टलक्ष्मी शाक्यको फरक मत, विधान संशोधनको कडा विरोध


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा जारी छ । 

महाधिवेशनको अन्तिम केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले विधान संशोधनको प्रस्तावको कडा विरोध गर्दै फरक धारणा राखेकी छन् ।

शाक्यले अध्यक्ष केपी शर्मा ओलीले विषय प्रवेश नगर्ने भनी सोचेको बताउँदै तर विषय प्रवेश भएपछि बोल्न बाध्य भएको उल्लेख गरिन् । 

उनले पार्टी विधि र विधानसम्मत चल्नुपर्ने, नेताहरूले फराकिलो मन बनाउनुपर्ने र पार्टी नीति प्रधान हुनुपर्नेमा जोड दिइन्। मुख्य कुरा विधि नै भएको उनको भनाइ छ ।

शाक्यले विगतमा अध्यक्ष ओलीसँग भएको कुराकानी स्मरण गर्दै भनेकी छन्, ‘७० वर्ष पुगेपछि मैले काम गर्दिनँ भनेको थिएँ, वहाँले सँगै बिदा लिऔँला भन्नुभएको थियो ।’ 

उनले ‘म नभई चल्दैन’ भन्ने सोचबाट मुक्त हुनुपर्ने र पार्टी खुला हुनुपर्ने बताइन्। आमजनताको चासो र चाहनालाई ध्यानमा राख्दै विधान संशोधनतर्फ नजान आग्रह गर्दै उनले भनिन्, ‘हामी मात्र होइन, प्राधिकार। अब विधान संशोधनको विषय प्रवेश नगरौँ।’

उपाध्यक्ष शाक्यले आफू अब चुनावमा नउठ्ने घोषणा गर्दै भनेकी छन्, ‘म अब चुनावमा उठ्दिनँ, मलाई भोट हाल्नु पर्दैन तर पार्टी मैले जे गर्दा बलियो बन्छ, त्यही गर्ने प्रयत्न जारी रहन्छ।’

शाक्यको यो धारणा पार्टीभित्र विधान संशोधन र नेतृत्व निरन्तरताको विषयमा चलिरहेको बहससँग जोडिएको छ। 

भदौ विधान महाधिवेशनपछि फेरि संशोधनको प्रयास भएको भन्दै शाक्यसहित केही नेताहरूले विरोध जनाउँदै आएका छन्। 

महाधिवेशनमा अध्यक्ष पदमा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने देखिएको छ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  १२ : ४६ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन