एमालेको ११औँ महाधिवेशन : अष्टलक्ष्मी शाक्यको फरक मत, विधान संशोधनको कडा विरोध « Khabarhub

एमालेको ११औँ महाधिवेशन : अष्टलक्ष्मी शाक्यको फरक मत, विधान संशोधनको कडा विरोध


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा जारी छ । 

महाधिवेशनको अन्तिम केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले विधान संशोधनको प्रस्तावको कडा विरोध गर्दै फरक धारणा राखेकी छन् ।

शाक्यले अध्यक्ष केपी शर्मा ओलीले विषय प्रवेश नगर्ने भनी सोचेको बताउँदै तर विषय प्रवेश भएपछि बोल्न बाध्य भएको उल्लेख गरिन् । 

उनले पार्टी विधि र विधानसम्मत चल्नुपर्ने, नेताहरूले फराकिलो मन बनाउनुपर्ने र पार्टी नीति प्रधान हुनुपर्नेमा जोड दिइन्। मुख्य कुरा विधि नै भएको उनको भनाइ छ ।

शाक्यले विगतमा अध्यक्ष ओलीसँग भएको कुराकानी स्मरण गर्दै भनेकी छन्, ‘७० वर्ष पुगेपछि मैले काम गर्दिनँ भनेको थिएँ, वहाँले सँगै बिदा लिऔँला भन्नुभएको थियो ।’ 

उनले ‘म नभई चल्दैन’ भन्ने सोचबाट मुक्त हुनुपर्ने र पार्टी खुला हुनुपर्ने बताइन्। आमजनताको चासो र चाहनालाई ध्यानमा राख्दै विधान संशोधनतर्फ नजान आग्रह गर्दै उनले भनिन्, ‘हामी मात्र होइन, प्राधिकार। अब विधान संशोधनको विषय प्रवेश नगरौँ।’

उपाध्यक्ष शाक्यले आफू अब चुनावमा नउठ्ने घोषणा गर्दै भनेकी छन्, ‘म अब चुनावमा उठ्दिनँ, मलाई भोट हाल्नु पर्दैन तर पार्टी मैले जे गर्दा बलियो बन्छ, त्यही गर्ने प्रयत्न जारी रहन्छ।’

शाक्यको यो धारणा पार्टीभित्र विधान संशोधन र नेतृत्व निरन्तरताको विषयमा चलिरहेको बहससँग जोडिएको छ। 

भदौ विधान महाधिवेशनपछि फेरि संशोधनको प्रयास भएको भन्दै शाक्यसहित केही नेताहरूले विरोध जनाउँदै आएका छन्। 

महाधिवेशनमा अध्यक्ष पदमा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने देखिएको छ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  १२ : ४६ बजे

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता