अष्टलक्ष्मी र सुरेन्द्रको प्रस्ताव : ७० वर्षे र दुई कार्यकाल लागू गरौँ, ओलीसहित हामी सबै वृद्ध हौँ « Khabarhub

अष्टलक्ष्मी र सुरेन्द्रको प्रस्ताव : ७० वर्षे र दुई कार्यकाल लागू गरौँ, ओलीसहित हामी सबै वृद्ध हौँ


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


939
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको एघारौं महाधिवेशन अगाडि बसेको केन्द्रीय कमिटी बैठकमा विशाल भट्टराई र खिमलाल भट्टराईले विधान संशोधनको प्रस्ताव अगाडि बढाएका छन् ।

उनीहरूले विधान संशोधन प्रस्ताव अगाडि बढाउँदै केन्द्रीय कमिटी र पदाधिकारीमा दसौँ महाधिवेशनको कायम गर्नुपर्ने एजेन्डा अगाडि सारे ।

एजेन्डा अगाडि सारे पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डे र अष्टलक्ष्मी शाक्यले भने ७० वर्ष उमेर लागू गरेर दुई कार्यकाल यही फोरमबाट लागू हुनुपर्ने बताए ।

उनीहरूले ७० वर्षे उमेर हद लागू गरेर दुई कार्यकाल मात्रै नेतृत्व रहने व्यवस्था गरे आफूहरूले एमालेको महाधिवेशनमा सर्वसम्मत नेतृत्व छाड्न तयार रहेको बताए। 

यही बैठकबाट ओली र ७० वर्ष उमेर पुगेका आफूहरू बिदा हुनुपर्ने एजेन्डा अगाडि सार्दै दुई उपाध्यक्षले ओलीलाई काउन्टर गरेका थिए।

‘हामीलाई पदको लोभ छैन हामी पनि ७० वर्ष पुगेका छौँ। छोड्न तयार छ तर अध्यक्षज्यूले पनि यही फोरमबाट मैले नेतृत्व छोडे र ७० वर्षे उमेर हद लागू गरेर दुई कार्यकाल मात्रै नेतृत्व गर्ने व्यवस्था गर्छु भन्नुपर्छ’, केन्द्रीय कमिटी बैठकमा सुरेन्द्र पाण्डेले भनेका छन्, ‘७० वर्षका सबै बिदा भएर जाऊँ। को नयाँ कमिटीमा आउँछ उसलाई हामी सर्वसम्मत नेतृत्व मान्न तयार छौँ।’

पार्टी उपाध्यक्ष अष्ट लक्ष्मी शाक्यले पनि आफू चुनावमा नउठ्ने र जनताले भोट हाल्नु नपर्ने बताउँदै आफूले जे त्याग गर्दा पार्टी बलियो हुन्छ त्यसलाई त्याग गर्न तयार रहेको बताएकी थिइन् ।

‘७० पुगेपछि मैले काम गर्दिन भनेको थिए । अध्यक्ष ओलीले सँगै बिदा लिऊँ भन्नुभएको थियो बिदा लिन तयार छु। तपाईँ पनि बिदा लिनुहोस्’, शाक्यले भनिन्, ‘अध्यक्ष कमरेडले विषय प्रवेश गराउनु हुन्न भन्ने लागेको थियो तर यो विषय प्रवेश गरेपछि बोल्नै पर्ने भयो। विधि र विधानसम्म चलाउने नेताले फराकिलो मन बनाउनुपर्छ पार्टीलाई नीति प्रदान बनाऊ मुख्य कुरा विधि हो मैले अध्यक्ष कमरेडलाई सँगै बिदा हुँ भनेको थिए म बिदा हुन तयार छु के तपाईँ तयार हुनुहुन्छ ?’

शाक्यले अगाडि केपी शर्मा ओलीलेसँगै पार्टीबाट बिदा हुने सहमति गरेको कुरा पनि कोट्याएकी थिइन् ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  १२ : ५० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन