अष्टलक्ष्मी र युवराज अब एमालेको केन्द्रीय समितिबाट बाहिरिने « Khabarhub

अष्टलक्ष्मी र युवराज अब एमालेको केन्द्रीय समितिबाट बाहिरिने


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमाले उपाध्यक्ष द्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले पार्टीको ११औँ महाधिवेशनसँगै पार्टीको जिम्मेवारीबाट बाहिरिने घोषणा गरेका छन् । 

पार्टीको महाधिवेशनको बन्दशत्र अगाडि बसेको केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्दै उनीहरूले अब पार्टीको पदीय जिम्मेवारीका लागि उम्मेदवारी नदिने र बाहिरिने घोषणा गरेको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताएका हुन् ।

शाक्य र ज्ञवाली पार्टीको १०औँ महाधिवेशनबाट उपाध्यक्ष पदमा निर्वाचित भएर काम गर्दै आएका थिए । 

तर, महाधिवेशनमा भएको ध्रुवीकरणको क्रममा उनीहरूले ईश्वर पोखरेलको पक्षमा लागेर भूमिका निर्वाह गरिरहेका थिए । 

ज्ञवाली र शाक्य नेपाली कम्युनिष्ट आन्दोलनमा ५ दशक बढी समयदेखि योगदान गर्दै आएका व्यक्ति हुन् ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  १ : ४१ बजे

झापा ५ बाट बालेन्द्र उठ्नुहुन्छ : यज्ञमणि न्यौपाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा अधिवक्ता यज्ञमणि न्यौपानेले झापा

गम्भीर तथा आकस्मिक बीरामीका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा 

काठमाडौं– नर्भिक इन्टरनेशनल अस्पतालले आपतकालीन सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा

मनाइयो २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस

काठमाडौं– २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमको आयोजना

प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको