आन्दोलनमा प्रहरीलाई निशाना बनाउने प्रवृत्ति अन्त्य गर्नुपर्छ : महानिरीक्षक कार्की « Khabarhub

आन्दोलनमा प्रहरीलाई निशाना बनाउने प्रवृत्ति अन्त्य गर्नुपर्छ : महानिरीक्षक कार्की


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आन्दोलनमा प्रहरीलाई निशाना बनाउने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताएका छन् । 

आइतबार काठमाडौंको बौद्धमा पुन निर्मित प्रहरी कार्यालयको उद्घाटन गर्दै कार्कीले आन्दोलनमा शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीलाई नै निशाना बनाउने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताए । उनले चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाउने देखिएको गुनासो गरे ।

नागरिक र प्रहरीको साझेदारीपूर्ण सहभागिताले नै मुलुकभरमा शान्ति सुरक्षा कायम हुने भएकाले नागरिक र प्रहरीको सम्बन्धलाई प्रगाढ गर्दै अघि बढ्न निर्देशन दिए । 

आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण भए तापनि अन्ततः शान्ति सुरक्षा कायम गर्न प्रहरी नै आवश्यक पर्छ भन्ने हेक्का सबैलाई भएको उनले बताए ।

जने-जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त भएको बौद्ध प्रहरी कार्यालयको पुन निर्माण गरिएको हो । रासस

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  २ : ०६ बजे

विशेष सेवा ऐनसम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा

काठमाडौंमा १८औँ संस्करणको नाडा अटो शो २०२६ सुरु (तस्बिरहरू)  काठमाडौं- 

इरान युद्धले नेतान्याहुलाई उल्टो दबाब

जेरुसेलम– इरानमाथि सैन्य कारबाही गर्न दशकौँदेखि अमेरिकालाई दबाब दिँदै आएका

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौं– वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

काठमाडौं– काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा