आन्दोलनमा प्रहरीलाई निशाना बनाउने प्रवृत्ति अन्त्य गर्नुपर्छ : महानिरीक्षक कार्की « Khabarhub

आन्दोलनमा प्रहरीलाई निशाना बनाउने प्रवृत्ति अन्त्य गर्नुपर्छ : महानिरीक्षक कार्की


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आन्दोलनमा प्रहरीलाई निशाना बनाउने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताएका छन् । 

आइतबार काठमाडौंको बौद्धमा पुन निर्मित प्रहरी कार्यालयको उद्घाटन गर्दै कार्कीले आन्दोलनमा शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीलाई नै निशाना बनाउने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताए । उनले चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाउने देखिएको गुनासो गरे ।

नागरिक र प्रहरीको साझेदारीपूर्ण सहभागिताले नै मुलुकभरमा शान्ति सुरक्षा कायम हुने भएकाले नागरिक र प्रहरीको सम्बन्धलाई प्रगाढ गर्दै अघि बढ्न निर्देशन दिए । 

आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण भए तापनि अन्ततः शान्ति सुरक्षा कायम गर्न प्रहरी नै आवश्यक पर्छ भन्ने हेक्का सबैलाई भएको उनले बताए ।

जने-जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त भएको बौद्ध प्रहरी कार्यालयको पुन निर्माण गरिएको हो । रासस

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  २ : ०६ बजे

निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

 आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला