केपी ओलीलाई सुरेन्द्र पाण्डेको प्रश्न- यो मनपरी होइन भने के हो ? « Khabarhub

केपी ओलीलाई सुरेन्द्र पाण्डेको प्रश्न- यो मनपरी होइन भने के हो ?


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकले अस्वीकार गरेको प्रस्ताव अन्ततः केन्द्रीय कमिटी बैठकमार्फत् बहुमतको आधारमा पारित गराएका छन् ।

शनिबार राति आफूनिकट नेताहरूसँग गुन्डुमा लामो छलफल हुँदा पनि उपाध्यक्ष र सचिवका आकांक्षीको व्यवस्थापनमा सहमति नजुटेपछि ओलीले दोस्रो विधान महाधिवेशनको तीन महिनामै नेतृत्व संरचनाको संख्या फेरबदल गर्ने निर्णय केन्द्रीय कमिटीबाट गराएका हुन् ।

गुन्डु बैठकमा सहमति जुट्न नसकेपछि ओलीले केन्द्रीय कमिटीमा बहुमतको आड लिँदै प्रस्ताव पेलेर पास गराएको नेताहरूको भनाइ छ ।

यसै विषयमा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका छन् । उनले विधान र प्रक्रियालाई बेवास्ता गर्दै गरिएको निर्णयलाई ‘मनपरी’ भनेका छन् ।

पाण्डेले लेखेका छन्, ‘के हाम्रा विधानहरू अस्थायी हुन् र? हिजो विधान अधिवेशनअगाडि संख्या घटाऔँ भन्ने, अनि आज फेरि कोटाका नाममा त्यही संख्या बढाऔँ भन्ने– यो सरासर मनपरी होइन भने के हो? अहिले आएर दाँया–बाँया गर्ने हो भने विधान अधिवेशनको औचित्य नै समाप्त हुन्छ।’

उनले पार्टी विधान, विधि र प्रक्रिया अनुसार चल्नु अनिवार्य रहेको भन्दै मनपरीतन्त्रको विरोधमा संघर्ष जारी रहने पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  २ : ५२ बजे

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता