कांग्रेस नेता चालिसेसहित परिवारैविरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

कांग्रेस नेता चालिसेसहित परिवारैविरुद्ध भ्रष्टाचार मुद्दा


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता एवम् काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका तत्कालीन नगर प्रमुख (मेयर) सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ।

विघटित प्रतिनिधिसभाका सांसद एवम् अर्थ समिति सभापति चालिसेविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार चालिसेले २०७४ जेठ ८ गते सार्वजनिक पद सम्हालेदेखि २०७९ असार मसान्तसम्मको अवधिमा वैधानिक आयभन्दा अत्यधिक खर्च तथा लगानी गरेको पाइएको छ।

अनुसन्धानका क्रममा चालिसे र उनको एकाघर परिवारले जम्मा ४ करोड ८८ लाख ३५ हजार रुपैयाँभन्दा केही बढी वैधानिक आय आर्जन गरेको देखिएको छ। तर त्यही अवधिमा उनीहरूले ८ करोड ५६ लाख ८३ हजार रुपैयाँभन्दा बढी सम्पत्ति सिर्जना, खर्च र लगानी गरेको अख्तियारको निष्कर्ष छ।

आय र खर्चको तुलनामा ३ करोड ६८ लाख ४७ हजार ७ सय ६१ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको भन्दै अख्तियारले उक्त रकम गैरकानूनी रूपमा आर्जन गरिएको ठहर गरेको छ।

आयोगका अनुसार चालिसेले वैधानिक आयको तुलनामा अस्वाभाविक रूपमा उच्च जीवनस्तर यापन गरेको पनि स्थापित भएको छ।

अख्तियारले चालिसेले अनुसन्धानका क्रममा पेस गरेका तमसुक र कागजातहरू जाँच अवधिपछि खडा गरी ऋण सापटी देखाएर भ्रम सिर्जना गर्न खोजिएको जनाएको छ।

तर ती प्रमाणबाट सम्पत्ति आर्जनको वैधानिक स्रोत पुष्टि हुन नसकेको आयोगको भनाइ छ।

यस आधारमा अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० अनुसार बिगो ३ करोड ६८ लाख रुपैयाँ कायम गरी सोही बराबरको कैद र जरिवानासहित गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न मागदाबी लिएको छ। यसका साथै, सम्पत्ति विवरणमा वास्तविक विवरण नदेखाई लुकाएको अभियोगमा थप सजायको पनि माग गरिएको छ।

अख्तियारले चालिसेका परिवारका सदस्य श्रीमती मन्दिरा चालिसे, छोरा सागर चालिसे, सञ्जीव चालिसे र बुहारी प्रमिला पोखरेललाई पनि गैरकानूनी सम्पत्तिबाट खरिद तथा लगानी गरिएका सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको छ।

त्यसैगरी, चालिसेले आर्थिक वर्ष २०७७/७८ को सम्पत्ति विवरण पेस नगरेको पाइएकाले भ्रष्टाचार निवारण ऐन अनुसार जरिवाना असुल गर्न गोकर्णेश्वर नगरपालिकालाई पत्राचार गरिने अख्तियारले जनाएको छ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ४ : ४१ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन