पूर्वअध्यक्ष रेग्मीद्वारा पूर्वप्रशासक सिंहको नियात्रा सङ्ग्रह लोकार्पण « Khabarhub

पूर्वअध्यक्ष रेग्मीद्वारा पूर्वप्रशासक सिंहको नियात्रा सङ्ग्रह लोकार्पण


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले पूर्वप्रशासक धनविक्रम सिंहद्वारा लिखित नियात्रा सङ्ग्रहको लोकार्पण गरेका छन् ।

लेखनकुञ्ज ‘घोष्ट राइटिङ’द्वारा प्रकाशित उक्त पुस्तकमा ८३ वर्षीय लेखक सिंहले आफ्नो जीवनको विभिन्न कालखण्डमा गरेको यात्राको वर्णनलाई कलात्मक एवं रोमाञ्चक ढङ्गबाट प्रस्तुत गरेको बताइएको छ ।  

नेपालका विभिन्न भागसहित भारत, हङकङ, पाकिस्तान, संयुक्तराज्य अमेरिका, अष्ट्रेलिया, अफ्रिकी मुलुक केनियालगायत बाह्य देशमा भ्रमण गर्दाको अनुभवलाई पुस्तकमा समावेश गरिएको प्रकाशक पक्षले जनाएको छ ।

भारतको विहारमा स्कुल अध्ययन गर्दाको, उच्च शिक्षा अध्ययनसहित ३० वर्षको सरकारी सेवामा रहँदाको र सेवा निवृत्त भएपछिको दिनमा सम्हालेका अनुभवलाई समेटेर नियात्रा कृति तयार गरेको पूर्व प्रशासक सिंहले जानकारी दिए  ।

पुस्तक लोकार्पण समारोहमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले छ वर्षअघि पूर्व प्रशासक सिंहको पुस्तक लोकार्पण गरेको स्मरण गर्दै ८४ वर्ष पुग्नै लागेका पूर्व प्रशासक सिंहले लगातार चार वटा कृति प्रकाशन गरी आफूलाई सक्रिय लेखकका रुपमा चिनाउन सफलभएको बताए ।

सो अवसरमा नेपाल सरकारका पूर्वसचिव शम्भु कोइराला, रसियाका लागि पूर्वनेपाली राजदूत भीम उदास, नियात्रा समाजका उपाध्यक्ष इल्या भट्टराई, घोष्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकाललगायत वक्ताले लेखन कलालाई उमेरले छेक्न नसक्ने धारणा व्यक्त गर्दै पूर्व प्रशासक सिंहको अनुभवसहित समग्र पक्ष समेटिएको नियात्रा सङ्ग्रह पठनीय कृति बताए  ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ६ : २३ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन