विद्या भण्डारीबारे ओलीले भने- उहाँलाई माया गरेकै हो, सदस्यता लिन पार्टीमा निवेदन दिनुपर्यो « Khabarhub

विद्या भण्डारीबारे ओलीले भने- उहाँलाई माया गरेकै हो, सदस्यता लिन पार्टीमा निवेदन दिनुपर्यो


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलललाई बन्द सत्रमा जवाफ दिँदै पूर्व राष्ट्रपति विद्या भण्डारीले सदस्यता लिने भए पार्टीमा निवेदन दिनुपर्ने बताएका छन् । 

आइतबार भृकुटीमण्डपमा जारी बन्द सत्रमा सम्बोधन गर्दै ओलीले सेरेमोनियल भनेको सम्मानित पद भएकाले सम्मानित  व्यक्ति निर्विवादित हुनुपर्ने बताएका छन् । 

विवादमा नफस्ने पदमा बसिरहेको राष्ट्रको अभिभावकले फेरि राजनीतिमा आएर आलोचना र विरोधको चक्रव्युहमा नफस्दा नै राम्रो हुने ओलीले बताएका छन्। 

अध्यक्ष ओलीले भण्डारीलाई राष्ट्रको नायक भन्दै बीचमा सदस्यता जोड्नु भनेको कानुनसँग खेलबाड भएकाले आफूले रोकेको दाबी गरे। 

‘हामीले दुनियाँलाई ढाट्नु पर्दैन, फर्केर आए पनि भावनामा होइन, यथार्थमा चल्नुपर्छ। पूर्व राष्ट्रपतिज्यूलाई घृणा गरेर, मन नपरेर सदस्यता छेकेको होइन’,अध्यक्ष ओलीले भने, ‘लिन मन छ भने सदस्य हुन चाहन्छु भनेर पार्टीमा निवेदन दिनुपर्यो।पोलिटिक्स गर्छु भन्नुहुन्छ भने कसले रोकेको छ र ?’

उनले मदन भण्डारी फाउन्डेसनको नाममा कार्यालय खोलेर भण्डारी मनोमानी र एक पक्षीय ढङ्गले अगाडि बढेकोसमेत दाबी गरेका छन्। ओलीले भण्डारीलाई पार्टीमा सधैँ सम्मान र माया नै गरेको जिकिर गरे।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ६ : ४४ बजे

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता