नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन् : अर्थमन्त्री खनाल « Khabarhub

नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन् : अर्थमन्त्री खनाल


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

ललितपुर– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नागरिकलाई अधिकार सम्पन्न बनाउँदा सरकार कमजोर नहुने बताएका छन् ।

आदिवासी जनजाति आयोगले आइतबार आयोजना गरेको आदिवासी जनजाति ज्ञान सम्मेलनको उद्घाटन गर्दै मन्त्री खनालले समावेशी लोकतन्त्रको आधार नै नागरिकको अधिकार सुनिश्चित गर्नु रहेको बताए । 

उनले आदिवासी जनजाति समुदायको भाषा, संस्कार र संस्कृतिको संरक्षण अब ढिला नगरी बाँकी समयभित्रै सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याए । 

आदिवासी जनजातिको पहिचान संरक्षणका लागि विशेष नीति र कानुनी व्यवस्था आवश्यक रहेको उल्लेख गर्दै मन्त्री खनालले अधिकार सुनिश्चित गर्न विशेष ऐनको आवश्यकता रहेको धारणा व्यक्त गरे । संवैधानिक प्रावधानको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध हुनुपर्ने उनको भनाइ थियो ।

आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले नेपालको संविधानको धारा ५६(५) अनुसार सांस्कृतिक संरक्षण तथा स्वायत्त वा संरक्षित क्षेत्रसम्बन्धी व्यवस्था अझै कार्यान्वयन हुन नसकेको बताए । 

उनले यस किसिमको ज्ञान सम्मेलनले आदिवासी जनजाति समुदायलाई सशक्त बनाउनुका साथै सरकारलाई संविधान कार्यान्वयनतर्फ सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।

आदिवासी जनजाति आयोगद्वारा सुरु गरिएको ज्ञान सम्मेलन सोमबार सम्पन्न हुनेछ । सम्मेलनमा नेपालको संविधानको धारा ५६(५) अनुसार सांस्कृतिक संरक्षण तथा स्वायत्ततासम्बन्धी विषयमा विशेष छलफल हुनुका साथै विषयगत कार्यपत्र प्रस्तुत गरिने आयोजकले जनाएको छ । रासस

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ७ : १९ बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

हात्ती पीडित बोटे परिवारलाई राहत

चितवन– जंगली हात्ती  ध्रुवेको आक्रमणमा परी ज्यान गुमाएका भरतपुर महानगरपालिका–२३ का

चिकित्सकको सुझावपछि गणेश नेपालीलाई तत्काल भारत नलगिने

काठमाडौं– सरकारले जलनका बिरामी मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय

व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

भोजपुर– यहाँको षडानन्द नगरपालिका–१ नेपालडाँडा थापाथलीका जीवन थापाले गाउँमा फर्किएर