गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता « Khabarhub

गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले जेन-जी प्रदर्शनमा कोटेश्वरमा ज्यान गुमाएका प्रहरी सहायक हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेका छन्  । 

गृहमन्त्री अर्यालले आइतबार कास्कीको रुपा गाउँपालिका–५ पुगी गत भदौ २४ गते जेन-जी प्रदर्शनमा कोटेश्वरमा ज्यान गुमाएका प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेट गरेको उनको सचिवालयले जनाएको छ ।

भेटमा उनले गुरुङको परिवारका सदस्यलाई राज्यले सक्ने सबै सहयोगका साथै रोजगारीको उपयुक्त प्रबन्धसमेत गर्ने आश्वासन दिए । 

राज्यले गुरुङको परिवारलाई सबै तरिकाको भरिपूरण गर्ने प्रतिबद्धता व्यक्त मन्त्री अर्यालले उनीप्रति गहिरो शोक प्रकट गरे । 

साथै उनले परिवारजनप्रति संवेदना प्रकट गरे  । भेटका क्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, कास्कीका प्रमुख जिल्ला अधिकारीलगायत उपस्थित थिए। 
 

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ७ : ३९ बजे

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता