के भन्छन् एमाले महाधिवेशनमा आएका महिला प्रतिनिधि ? « Khabarhub

के भन्छन् एमाले महाधिवेशनमा आएका महिला प्रतिनिधि ?



काठमाडौं- काठमाडौंमा यतिबेला एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको रौनक छ । केन्द्रीय कार्यसमिति हेरफेर गर्ने कसरतमा रहेको एमालेले २८ गतेलाई महाधिवेशन उद्घाटनको मिति तोकेको थियो । त्यस दिन एमालेले देशैभरबाट दशौँ हजार कार्यकर्ता भक्तपुरको सल्लाघारीमा उतार्‍यो ।

तोकिएकै समयमा महाधिवेशन हुनु र आन्दोलनपछिको संवेदनशील परिस्थितिमा पनि कार्यकर्ताको बाक्लो उपस्थिति देखिनुलाई सकारात्मक कोणबाट हेरिएको छ । यो महाधिवेशनले १९ पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । यसका लागि दोश्रो दिन आइतबार भृकुटीमण्डपमा दिनभर छलफल चल्यो ।

कार्यक्रमस्थलमा दूरदराजबाट उत्साहका साथ नेतृत्व चुन्न आएका महिला, युवा तथा वृद्धलगायत विभिन्न जातजातिको पहिचान झल्किने पोसाकमा सजिएकाहरुको उपस्थिती पनि बाक्लै देखियो । खबरहबसँगको कुराकानीमा तीमध्ये अधिकांशले पार्टीलाई निकास दिन ओलीको विकल्प नरहेको बताए ।

सोही क्रममा कार्यक्रमस्थलमा भेटिएकी कपिलवस्तुबाट आएकी मुस्लिम प्रतिनिधि तथा लुम्बिनी प्रदेशकी पूर्वप्रदेशसभा सदस्य फौजियाना सिंह भन्छिन्- ‘पहिलोपटक प्रतिनिधि बनेर आएकी हुँ । मैले केपी ओलीलाई समर्थन गर्ने हो । उनले महिला, युवा, धर्म जाति कसैलाई भेदभाव गर्दैनन् । समान व्यवहार गर्छन् । विकासमा पनि धेरै ध्यान दिएका छन् ।’

दैलेखमा भइरहेको ग्याँस उत्खखन्, देशका मुख्य सडक विस्तार, सुरुङमार्ग निर्माण लगायत विकासको काम ओलीको अग्रसरतामा भएको उनले दाबी गरिन् । कञ्चनपुरको दोधारा चादँनी अर्थात सीमापारिको गाउँलाई प्रतिनिधित्व गर्दै नेतृत्व चुन्न आएकी चिनी गिरी पनि कार्यक्रमस्थलमा भेटिइन् । गिरी पनि सिंहजस्तै ओलीकै समर्थक थिइन् ।

पुनः ओलीलाई नै किन नेतृत्वमा देख्न चाहानुहुन्छ ? भन्ने प्रश्नमा उनले भनिन्, ‘म २०७४ को उपप्रमुख पनि हुँ । पार्टी नेतृत्वको सहयोगमा महाकालीमा ४ लेनको पक्की पुल बनिरहेको छ । १५ शैय्याको अस्पताल बनेको छ । उहाँले आफ्नो सम्पत्ति सरकारको नाममा गरिसक्नुभएको छ । उहाँले भ्रष्टाचार कस्का लागि गर्ने ? एक्लो हुनुहुन्छ, त्यसैले पनि उहाँमाथि विश्वास छ । नाकाबन्दी, देशको नयाँ नक्सा ल्याउन उहाँले खेलेको भूमिका अविस्मरणीय छन् । भूकम्पले भत्किएको धरहरा बनाउन र हिमाल पहाड तराईलाई समान रुपमा हेर्नुभएको छ ।’

उनले भनिन्, ‘जेन–जीले बनाएको सरकारले पनि उनीहरुको माग पूरा गर्न सकेको छैन । रणनीति नहुँदा आन्दोलन सार्थक बनेको देखिँदैन ।’ यस्तै, तेस्रोपटक महाधिवेशन प्रतिनिधिको रुपमा कास्कीबाट आएकी बसन्त सुवेदीले भने देशमा भइरहेको अन्तराष्ट्रिय हस्तक्षेप रोक्न ओलीनै नेतृत्वमा आउनुपर्ने बताइन् । ‘देशमा विदेशीको हस्तक्षेप छ । जेन–जीको माग पार्टीको नेतृत्व परिवर्तन होस् भन्ने होइन, सुशासन होस, भ्रष्टाचार नहोस् भन्ने उनीहरुको मुख्य माग हो । त्यसमा हाइज्याक भको हो । महिला, दलित, उत्पिडित सबैको निकास दिने केपि ओलीनै हो ।’

झापाकी यशोदादेवी खरेल भन्छिन्, ‘एमालेले जहिलेपनि युवालाई स्थान दिने गरेको छ । अहिले झन् विशेष कोटा छ । मनोनित गरेरै भएपनि एमालेमा महिलाको सहभागिता शतप्रतिशत छ ।’ यस्तै, महिला युवा प्रतिनिधि अञ्जना शिवाकोटी भन्छिन्, ‘यतिबेला केही साथीहरु अध्यक्षको विरोधमा बोलेर भाइरल बन्न खोजिरहनुभएको छ । अन्यथा एमालेमा भएको युवापुस्ताले उहाँको विकल्प खोजेको छैन । उहाँले शिक्षा, स्वास्थ्य, सुशासन लगायतका हाम्रा मुद्दा सम्बोधन गर्नेमा एमालेका युवा पुस्ता ढुक्क छौं ।’

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ८ : ३५ बजे

झापा ५ बाट बालेन्द्र उठ्नुहुन्छ : यज्ञमणि न्यौपाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा अधिवक्ता यज्ञमणि न्यौपानेले झापा

गम्भीर तथा आकस्मिक बीरामीका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा 

काठमाडौं– नर्भिक इन्टरनेशनल अस्पतालले आपतकालीन सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा

मनाइयो २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस

काठमाडौं– २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमको आयोजना

प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको