महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ « Khabarhub

महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सियोल– अनुसन्धानकर्ताहरुले महाभियोगपछि निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युन सुक योललाई सरकारविरुद्ध विद्रोह भड्काएको आरोपमा बुधबार पक्राउ गरेको सीएनएनले जनाएको छ ।

‘संयुक्त अनुसन्धान मुख्यालयले राष्ट्रपति युनलाई बुधबार बिहान १०ः३३ बजे पक्राउ गरेको हो,’ अल जजिराले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यदि उनीमाथिको आरोप प्रमाणित भएमा दक्षिण कोरियाको संविधानअनुसार युनलाई मृत्युदण्ड वा आजीवन कारावासको सजाय हुन सक्छ । 

सीएनएनका अनुसार हप्तौँदेखि प्रहरीले उनलाई गिरफ्तार गर्न खोजीरहेको भएपनि राष्ट्रपतिको सुरक्षार्थ खटिएका सेनाको टोलीले उनको निवासको सुरक्षा गरिरहेको र उनलाई पक्राउ गर्न अवरोध सिर्जना गरिरहेको थियो । 

अल जजिराका अनुसार पक्राउ पर्नुअघि रेकर्ड गरिएको एक भिडियो सन्देशमा युनले सैनिक शासन लागू गर्न असफल भएको भन्दै सुनुवाइका लागि जाने बताएका थिए । 

‘मैले भ्रष्टाचार अनुसन्धान कार्यालयलाई जवाफ दिने निर्णय गरेँ’, युनलाई उद्धृत गर्दै अल जजिराले लेखेको छ, ‘उनले अनुसन्धानको वैधानिकता स्वीकार गर्नुभएको थिएन तर ‘कुनै पनि दुर्भाग्यपूर्ण रक्तपात रोक्न’ अनुसन्धानमा सहभागी हुनेछ ।’ 

अल जजिराका अनुसार समर्थकसहित सयौं मानिस युनको घर बाहिर भेला भएका थिए भने सत्तारुढ कन्जरभेटिभ पार्टी पिपुल पावर पार्टीका सांसद र युनका वकिलको एक समूहले पनि आवासीय परिसरभित्र गिरफ्तारी रोक्न प्रयास गरेका थिए।

सिएनएनका अनुसार प्रहरी र रक्षा मन्त्रालयसँग मिलेर अनुसन्धान गरिरहेको भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ) ले पहिलो पटक यसै महिनाको सुरुमा उनलाई पक्राउ गर्ने प्रयास गरेको थियो तर सैनिक र राष्ट्रपतिको सुरक्षासदस्यहरूले ८० जना प्रहरी र अनुसन्धानकर्ताहरूलाई राष्ट्रपति भवनसम्म पुग्नबाट रोकेपछि यो असफल भएको थियो।

भ्रष्टाचार अनुसन्धान कार्यालयले उनलाई बढीमा ४८ घण्टा थुनामा राख्न सक्छ । अल जजिराका अनुसार राष्ट्रपतिलाई हिरासतमा राख्न वारेन्टका लागि निवेदन दिने वा नदिने भन्ने विषयमा उनीहरूले निर्णय गर्नुपर्ने हुन्छ ।

दक्षिण कोरियाको एक अदालतले हालैका हप्ताहरूमा अनुसन्धानकर्ताहरूले सहयोगका लागि अनुरोध गरेको तीन पटकसम्म पेस गर्न असफल भएपछि उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको भ्रष्टाचार अनुसन्धान कार्यालयले जनाएको छ।

यसअघि गत वर्ष डिसेम्बर १४ मा युनलाई राष्ट्रिय सभाले देशमा सैनिक शासन लागू गर्ने प्रयास गरेको भन्दै महाभियोग लगाएको थियो । दक्षिण कोरियाली राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने पक्षमा २०४ मतका विरुद्ध ८५ मत दिएका थिए ।

महाभियोग लगाएपछि युनलाई पदबाट निलम्बित गरिएको थियो ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  १२ : ४२ बजे

कांग्रेसले आज नवनिर्वाचित सांसदहरुका लागि सचेतना कार्यक्रम गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आज ‘संसदीय सचेतना’ कार्यक्रम

ओली र लेखकको तत्काल रिहाइ गर्न कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको माग

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले एमाले अध्यक्ष केपी शर्मा

एमाले सचिवालयको आकस्मिक बैठक च्यासलमा सुरु

काठमाडौँ– नेकपा एमालेको सचिवालयको आकस्मिक बैठक सुरु भएको छ ।

एमाले सचिवालयको आकस्मिक बैठकमा पदाधिकारीहरू जम्मा हुँदै (तस्बिरहरू)

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सचिवालयको

कर्ण थापाको टिप्पणी : प्रतिशोधका आधारित ओलीको गिरफ्तारी शतप्रतिशत गलत

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले