पक्राउ परेपनि बयान दिन मानेनन् युन सुक योलले  « Khabarhub

पक्राउ परेपनि बयान दिन मानेनन् युन सुक योलले 


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

सियोल– महाभियोगपछि निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले अनुसन्धानका क्रममा कुनै बयान दिन नमानेको अनुसन्धानमा संलग्न अधिकारीहरूले बुधबार जनाएका छन् ।

दक्षिण कोरियाको भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ) ले स्थानीय समयअनुसार बिहान ११ बजेदेखि अपराह्न १ः३० बजेसम्म गरिएको अनुसन्धानका क्रममा महाभियोग लागेका राष्ट्रपति युन सुक योलले लगातार कुनै बयान दिन इन्कार गरेको र सोधपुछ प्रक्रियालाई रेकर्ड गर्न वा भिडियो टेप गर्न दिन अस्वीकार गरेको जनाएको हो ।

स्थानीय सञ्चारमाध्यमले सीआईओलाई उद्धृत गर्दै भनेको छ, ‘युनलाई हिरासतका लागि ‘सियोल डिटेन्सन सेन्टर’मा स्थानान्तरण गर्ने वा नगर्ने भन्ने विषयमा राष्ट्रपतिको सुरक्षा टोलीसँग छलफल भइरहेको छ ।’

यसबाहेक, सीआईओले ‘सियोल वेस्टर्न डिस्ट्रिक्ट कोर्ट’बाट जेल चलानका लागि मिति थप गरी पक्राउ पूर्जी जारी गर्नका लागि आवेदन गर्ने तयारी गरिरहेको छ । यदि सहमति भएमा हिरासत अवधि बढीमा २० दिनसम्म बढाउन सकिन्छ । 

सीआईओले १० दिनको हिरासतपछि युनलाई अभियोजन पक्षलाई हस्तान्तरण गर्ने योजना बनाएको छ । यसको जवाफमा युनको कानुनी टोलीले एक विज्ञप्ति जारी गर्दै सीआईओलाई राष्ट्रपतिमाथि अनुसन्धान गर्ने अधिकार नभएको र पक्राउ पुर्जी ‘गैरकानुनी’ भएको उल्लेख गरेको छ । 

उक्त टोलीले पक्राउ पुर्जी को गैरकानुनी कार्यान्वयनको लागि सीआईओ र प्रहरीलाई कानूनी रूपमा जबाफदेही बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ३ : ३१ बजे

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष (आव) २०८२–८३ मा लक्ष्यको

चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै

बागमती– हेटौँडा उपमहानगरपालिकाले दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङका रूपमा परिचित

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

काठमडौँ– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता

कञ्चनपुर जिल्ला अदालत : मुद्दा फर्छ्यौटमा सुधार

महेन्द्रनगर– कञ्चनपुर जिल्ला अदालतले आर्थिक वर्ष २०८२–८३ मा ६९.३४ प्रतिशत

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

नेपालगन्ज– उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२–८३ मा