दिनेश त्रिपाठीमाथि भएको कुटपिटप्रति रास्वपाको ध्यानाकर्षण « Khabarhub

दिनेश त्रिपाठीमाथि भएको कुटपिटप्रति रास्वपाको ध्यानाकर्षण


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं जिल्ला अदालत परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको कुटपिटप्रति अनुशासन विभागको ध्यानाकर्षण भएको जनाएको छ । 

सहकारी पीडितहरूका तर्फबाट बहस गरेर बाहिरिने क्रममा अधिवक्ता त्रिपाठीमाथि रास्वपाका कार्यकर्ताले कुटपिट गरेपछि पार्टीले घटनाप्रति अनुशासन विभागको ध्यानाकर्षण भएको बताएको हो । 

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गरेर भनेका छन्, ‘यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको सम्बन्धित अनुशासन विभागको ध्यानाकर्षण भएको छ र सो घटनामा यदि दलको कुनै पनि सदस्यको संलग्नता भेटिएमा आवश्यक कारबाही हुनेछ ।’ 

उनले यस किसिमको व्यवहार कानूनी शासन, सुदृढ राजनीतिक अभ्यास र न्यायप्रति विश्वास राख्ने राजनीतिक दलका लागि स्वीकार्य नभएको पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ५ : २५ बजे

राष्ट्रसङ्घमा परराष्ट्रमन्त्री खनालले भने-‘हामीले सिर्जना नगरेको उत्सर्जनको मूल्य चुकाउँदै छौँ’

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण अति जोखिममा

ट्रम्पले गरे विमानस्थल पुगेर चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत : २१ तोपको सलामी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी चिनफिङलाई

‘भोटेकोशीको विपद् नेपालको मात्र होइन, विश्वकै लागि चेतावनी हो’: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालको पुनःस्थापना

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६