अर्थसंक्षेप : वैदेशिक लगानी घट्दै, कैलालीमा स्मार्ट डिपो बनाउँदै आयल निगम | Khabarhub Khabarhub

अर्थसंक्षेप : वैदेशिक लगानी घट्दै, कैलालीमा स्मार्ट डिपो बनाउँदै आयल निगम


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अघिल्लो आर्थिक वर्षको ६ महिना अवधिको तुलनामा चालु आर्थिक वर्षको ६ महिना अवधिमा नेपालमा वैदेशिक लगानी घटेको छ । नेपाल आयल निगमले कैलालीमा स्मार्ट पेट्रोलियम डिपो बनाउने भएको छ ।

हाइड्रोलाई आईपीओमा ल्याउँदा छुटै कार्यविधि बनाउन ऊर्जा व्यवसायीको माग गरेका छन् । आज नेप्से झिनो अंकले बढ्यो ।

आजका आर्थिक समाचार :

वैदेशिक लगानी प्रतिबद्धता घट्यो, पर्यटन क्षेत्रमा आकर्षण

चालु आर्थिक वर्ष (आव)को ६ महिनामा अघिल्लो आवको पहिलो ६ महिनाको तुलनामा नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता घट्न पुगेको छ ।

उद्योग वाणिज्य विभागको तथ्यांकअनुसार अघिल्लो आवको पहिलो ६ महिनाको तुलनामा चालु आवको पहिलो ६ महिनामा १ अर्ब ५५ करोड ९१ लाख बढीले घटेको हो ।

सङ्ख्यात्मक रूपले भने अघिल्लो आवको ६ महिनाको तुलनामा चालु आवको ६ महिनामा उद्योग खोल्ने प्रतिबद्धताको सङ्ख्यामा वृद्धि भएको छ ।

हाइड्रोलाई आईपीओमा ल्याउँदा छुटै कार्यविधि बनाउन ऊर्जा व्यवसायीको माग

हाइड्रो कम्पनीहरूलाई सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) जारी गर्दा नेपाल धितोपत्र बोर्ड (सेबोनले) छुट्टै कार्यविधि ल्याउनुपर्ने ऊर्जा व्यवसायीले माग राखेका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ऊर्जा व्यवसायीहरूको नयाँ संस्था ग्रीन इनर्जी अन्टरप्रेनर्स नेपालले नयाँ कार्यविधिको माग राखेको हो । संस्थाले सरकारसँग ६ माग राख्तै त्यसका विषयमा अध्ययन गर्ने बारे जानकारी दिएको छ ।

आयल निगमको धनगढी डिपो गोदावरी सारिँदै

नेपाल आयल निगमले धनगढीस्थित सुदूपश्चिम प्रादेशिक डिपो कैलालीको गोदावरी नगरपालिकामा सार्ने भएको छ । डिपो सार्नका लागि गोदावरीमा २० बिघा १६ कठ्ठा आठ धुर जग्गा पहिचान गरिएको निगमले जनाएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा निगमको भण्डारण क्षमता अभिवृद्धि परियोजना संयोजक प्रदीपकुमार यादवले डिपो सार्न जग्गा प्राप्ति प्रक्रिया अघि बढाउन सिफारिस गरिएको जानकारी दिए ।

झिनो अंकले बढ्यो नेप्से, फाइनास समूहमा गयो पहिरो

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से १.८३ अंकले बढेर २५९५.९६ विन्दुमा रोकिएको छ । नेप्से झिनो अंकले बढ्दा ५ अर्ब ८२ करोड ४९ लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ४५ हजार ४२७ कित्ता शेयर कारोबार भएको छ ।

आज १२४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १०८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १० वटा कम्पनीको शेयर मूल्य भने स्थिर हरेको छ । दिनभरमा २९९ वटा कम्पनी कारोबारमा आउँदा ६३ हजार ३७४ पटक शेयर किनबेच भएको छ।

आन्दोलनको तयारीमा निर्माण व्यवसायी महासंघ

नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना मागप्रति सरकारले कुनै सुनुवाइ नगरेको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । आफ्ना मागका बारेमा माघ १५ गतेसम्मको अल्टिमेटमका साथ प्रधानमन्त्री, सम्बन्धित मन्त्री, प्रदेश मुख्यमन्त्रीलगाएतलाई ज्ञापन पत्र बुझाइने महासंघले जनाएको छ ।

माघ १५ गतेसम्म आफ्ना माग सम्बोधन नभए माघ १८ गते माइतीघरमा धर्ना दिने, २० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने र २१ गतेदेखि राजधानी प्रवेश गर्ने पूर्व र पश्चिम नाकाहरू ठप्प पार्ने महासंघले जनाएको छ ।

सुकेधारामा बन्यो पाँचतारे मर्क्योर होटल
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको मर्क्योर होटेलको आज उद्घाटन गरेका छन् ।
होटेल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनीको मातहतमा नेपालमा पहिलो पटक मर्क्योर होटेल सञ्चालामा आएको हो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटन नेपाल भ्रमण गराउन यस होटेलले योगदान दिने विश्वास व्यक्त गरे । उनले होटेल व्यवसायकामा नयाँ टेस्ट दिँदै यस व्यवसायलाई प्रोत्साहन दिने अपेक्षा गर्दै यस क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरण गर्ने जनाए ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ६ : ३५ बजे

दोलखाका साढे ६ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै

दोलखा – दोलखा जिल्लाका ६ हजार पाँच सय ३० जना

खानेपानी अभावमा काकाकुल छन् नौ सय बढी घर परिवार

सर्लाही – यहाँको हरिवन नगरपालिका–५ का स्थानीय खानेपानीको चरम अभाव

स्पेसएक्सद्वारा चन्द्रमामा दुई ल्यान्डर प्रक्षेपण

लस एन्जलस – स्पेसएक्सले बुधबार बिहान एउटै रकेटमा दुई रोबोटिक

पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनःनिर्माण हुन बाँकी

ललितपुर – विसं २०७२ को भूकम्पले क्षति पु-याएको विश्व सम्पदा

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ