जम्मू कश्मीरमा जेड–मोर सुरुङको प्रधानमन्त्री मोदीले गरे उद्घाटन « Khabarhub

जम्मू कश्मीरमा जेड–मोर सुरुङको प्रधानमन्त्री मोदीले गरे उद्घाटन


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीनगर – प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू कश्मीरको सोनमर्ग क्षेत्रमा रहेको रणनीतिक रूपमा महत्त्वपूर्ण ६.५ किलोमिटर लामो जेड–मोर सुरुङको उद्घाटन गरेका छन् । सोमबार उद्घाटन भएसँगै यसले पर्यटकीय गन्तव्यलाई वर्षभरि पहुँचयोग्य बनाउने विश्वास लिइएको छ ।

जेड–मोर सुरुङ निर्माणमा २ हजार ७ सय करोड रुपैयाँ लागत लागेको छ । सुरुङको उद्घाटन गरेपछि प्रधानमन्त्री मोदी उक्त सुरुङभित्र पसे र परियोजनाका अधिकारीहरूसँग अन्तरक्रिया गरे ।

उनले सुरुङ निर्माण सम्पन्न गर्न कठिन परिस्थितिमा सावधानीपूर्वक काम गर्ने निर्माणकर्मीहरूलाई पनि भेटे । उक्त उद्घाटनको क्रममा केन्द्रीय मन्त्री नितिन गडकरी, जम्मू कश्मीरका उपराज्यपाल मनोज सिन्हा र मुख्यमन्त्री उमर अब्दुल्लाह पनि उपस्थित थिए ।

अधिकारीहरूका अनुसार मोदी बिहान १०स्४५ बजे श्रीनगर विमानस्थलमा अवतरण गरी सुरुङ उद्घाटन गर्न सोनमर्ग गएका थिए । उनले एक सार्वजनिक सभालाई पनि सम्बोधन गरेका थिए ।

गत वर्ष सेप्टेम्बर(अक्टोबरमा विधान सभा चुनाव सम्पन्न भएपछि यो उनको पहिलो जम्मू(कश्मीर भ्रमण हो ।

मध्य कश्मीरको गन्देरबल जिल्लाको गगनगीर र सोनमर्ग बीच निर्माण गरिएको ६।५ किलोमिटर लामो दुई लेनको सडक सुरुङमा आपत्कालीन अवस्थाका लागि समानान्तर ७।५ मिटर चौडा निकासी मार्ग पनि छ । यो सुरुङ दुईतर्फी यातायातको लागि हुनेछ।

समुद्री सतहबाट ८ हजार ६५० फिटको उचाइमा अवस्थित यो सुरुङले लेह हुँदै श्रीनगर र सोनमर्ग बीचको सबै मौसमी सम्पर्कलाई बढवा दिनेछ । पहिरो र हिम पहिरोको जोखिमपूर्ण मार्गहरूबाट यो बच्नेछ ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ६ : ४५ बजे

काभा भलिबल : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन

पत्रिकालाई फसाउन घुस र मदिरा ? चिनियाँ दूतावासले भन्यो : नियोजित रूपमा बदनाम गराउने प्रयास

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले सञ्चारमाध्यमका केही पत्रकारहरूलाई घुस दिएर एक

सरकारको कार्यशैलीप्रति एमालेको आपत्ति, स्वेच्छाचारी भएको आरोप

काठमाडौं – नेकपा (एमाले)को सचिवालय बैठकले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर

एमाले केन्द्रीय समिति बैठक असारमा बस्ने

काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असारमा मात्रै बस्ने

आफूविरुद्ध नेताहरू खनिएपछि रिसाए ओली

काठमाडौं – नेकपा एमालेको चार दिन लामो सचिवालय बैठक आज