आज २०८१ साल फागुन ३ गते शनिबारको राशिफल « Khabarhub

आज २०८१ साल फागुन ३ गते शनिबारको राशिफल


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल फागुन ३ गते शनिबार माघ शुक्ल पक्षको तृतिया तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी १५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो रहेको छ। आम्दानीका स्रोत बढ्नेछन्। विपक्षी साथीसँग गोपनीयता कायम गर्नुपर्ने देखिन्छ। व्यापारमा थोरै लगानीबाट फाइदा हुनेछ। अनुत्पादन क्षेत्रमा गरेको लगानी कटौती गर्नु राम्रो हुनेछ।

वृष : शिक्षामा गरेको लगानीबाट फाइदा हुने दिन छ। व्यापार व्यवसायमा सहकार्य गरेर अघि बढे लाभ मिल्नेछ। शत्रुबाट प्रसंसा हुने दिन छ।।

मिथुन : दिन सामान्य छ। परिवारभित्रबाट विरोधको आवाज उठ्नेछ। सम्पत्तिको पछि लागेर स्वास्थ्यको ख्याल नगर्दा समस्या आउनसक्छ। धार्मिक क्षेत्रमा मन जानेछ। परिवारको सहयोग मिल्नेछ।

कर्कट : बोल्दा ख्याल गर्नुपर्ने दिन छ। व्यापार व्यवसायमा गरेको तपाईंको लगानीको फल अरुले लिनसक्ने भएकाले ख्याल गर्नुपर्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ। राज्यको तर्फबाट तपाईंलाई सेवाका अवसर मिल्ने योग छ।

सिंह : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको जोहो गर्नुहोला। पारिवारिक भेटघाट हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यले राम्रो साथ दिँदा मन प्रफुल्ल हुनेछ।

कन्या : आफ्नै राशीमा चन्द्रमा पुगेकाले बोलीको प्रभाव राम्रो हुनेछ। परोपकारका भाव मनमा आउनेछ। हरेक क्षेत्रमा स्वास्थ्यले साथ दिँदा मनमा खुसी मिल्नेछ। पारिवारिक प्रेममा भने कर्तव्य पूरा गर्नुपर्ने दिन छ।

तुला : आज तपाईंले शिक्षामा गरेको लगानीबाट मानसम्मान बढ्ने दिन छ। मित्र बढ्नेछन्। शत्रुको पनि सहयोग मिल्नेछ। परिवारमा समय दिन नसक्दा खटपटी बढ्ने जोखिम छ।

वृश्चिक : आयआर्जन बढ्नेछ। परिवारमा झगडा हुने भएकाले थोरै बोल्नुु राम्रो हुनेछ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा समस्या आउने भएकाले सावधानी अपनाउनुपर्नेछ ।

धनु : दिन राम्रो छ। स्वास्थ्यमा समस्या भए सुृधार हुने देखिन्छ। काममा सफलता मिल्नेछ। शत्रु बढ्ने भएकाले सचेत भएर अघि बढ्नुपर्ने देखिन्छ। परिवार भित्रबाट धोका हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।

मकर : शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ। श्रमको फल प्राप्त हुनेछ। दाजुभाइसँग सहकार्य गरेर गरेको कामबाट फाइदा मिल्नेछ। अध्ययनमा ढिलासुस्ती र आलश्य बढ्नेछ।

कुम्भ : बिहान उठेर शिवभजन सुन्नुहोला। व्यापार व्यवसायमा आशिक फाइदा हुनेछ। साना कुरामा पनि रिस उठ्ने भएकाले संयमित भएर अघि बढ्नसपर्नेछ। परिवारको साथ भने मिल्नेछ।

मीन : आम्दानी भन्दा खर्च बढ्ने छ। मनमा भएका कुरा अरुसँग साट्नुु उचित हुनेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ। स्वास्थ्यको ख्याल गर्नुपर्ने दिन छ। अध्ययनमा रुची बढ्नेछ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ५ : ०३ बजे

शुक्लाफाँटा नगरपालिकाद्वारा ६ महिनामा ७१ लाखभन्दा बढी राजस्व सङ्कलन

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा कति सकारात्मक, के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको