पाकिस्तानलाई घरेलु मैदानमा हराउँदै न्युजिल्यान्डले जित्यो उपाधि « Khabarhub

पाकिस्तानलाई घरेलु मैदानमा हराउँदै न्युजिल्यान्डले जित्यो उपाधि


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

कराँची – न्युजिल्यान्डले पाकिस्तानमा भएको त्रिदेशीय शृङ्खला उचालेको छ। न्युजिल्यान्डले शुक्रबार कराँचीमा भएको दिवा रात्रि फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराएको हो।

पाकिस्तानले दिएको २४३ रनको लक्ष्य न्युजिल्यान्डले ४५.२ ओभरमा ५ विकेटको क्षतिमा भेट्टाएको थियो। न्युजिल्यान्डका लागि डारियल मिचेलले ५७ तथा टम लाथमले ५६ रनको योगदान गरे। डेभिड कोन्वे ४८ तथा केन विलिम्सन ३४ रन जोडे। पाकिस्तानमा नसिक शाहले २ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले तीन बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै २४२ रन बनाएको थियो।

पाकिस्तानका लागि कप्तान मोहम्मद रिजवानले सर्वाधिक ४६ तथा सलमान आगाले ४५ रन जोडे। न्युजिल्यान्डका विल राउरकेले ९.३ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए हात पारे।

मिडिल ओभरमा कसिलो बलिङ गरेको माइकल १० ओभरमा २० रन खर्चेर २ विकेट लिए। यसैगरी माइकल ब्रेसवेलले पनि १९ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए। राउरके खेलका म्यान अफ द म्याच भए पनि आगा म्यान अफ द सिरिज बन्न सफल भए।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ५ : ४९ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को