दशरथ रंगशालामा आज नेपाल र चिनियाँ युवा टोलीबीच मैत्रीपूर्ण फुटबल « Khabarhub

दशरथ रंगशालामा आज नेपाल र चिनियाँ युवा टोलीबीच मैत्रीपूर्ण फुटबल


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल र चीनको युवान प्रान्तको युवा टोलीबीच शनिबार दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल हुँदैछ।

चिनियाँ नयाँ (सर्प) वर्षको उपलक्ष्यमा नेपाल स्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद् (राखेप), अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र नेपाल ओभरसिज चिनियाँ सङ्घले संयुक्त रूपमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो।

दोस्रो पटक चीनसँग् नेपालमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुन लागेको हो। मैत्रीपूर्ण खेलका लागि एन्फाले राजेश शाहीको नेतृत्वमा ४५ सदस्यीय खेलाडीलाई लामो समयदेखि बन्द प्रशिक्षणमा राखेको थियो।

गतवर्ष दशरथ रङ्गशालामै भएको खेलमा नेपाली यु-२३ टोलीले चिनियाँ टोलीलाई ५-१ गोलले हराएको थियो।

नेपालले यसपटक यु-२० टोली खेलाउने तयारी गरेको छ। मैत्रीपूर्ण खेलसँगै रङ्गशालामा नेपाल र चीनको विभिन्न सांस्कृतिक कार्यक्रम हुँदैछ। नेपाली युवा टोलीसँग प्रतिस्पर्धा गर्न फागुन १ गते नै चिनियाँ टोली काठमाडौं आइसकेको छ।

रंगशालामा यो खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ६ : ५३ बजे

एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले टस

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६