आणविक केन्द्रमा रुसले आक्रमण गरेको युक्रेनको आरोप « Khabarhub

आणविक केन्द्रमा रुसले आक्रमण गरेको युक्रेनको आरोप


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

युक्रेन- चेर्नभीलमा रहेको पूर्व आणविक भट्टीमा रुसले आक्रमण गरेको युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीले आरोप लगाएका छन्।

चेर्नभिलमा अघि सन् १९८६ मा दुर्घटना भएर तत्कालीन सोभियत सङ्घ र युरोपमा विकिरण फैलिएको थियो।

इन्टरनेनसल अटोमिक इनर्जी इनर्जीले शुक्रबार बिहान २ बजे अघि नै ठुलो विस्फोट सुनिएको जनाएको छ।

सेल्टरमा धेरै नास भए पनि जेलेन्सकीले विकिरणको मात्रा नबढेको बताए। युक्रेनको प्रान्तीय इमर्जेन्सी सर्भिसले विकिरणको मात्रा स्थिर रहेको जनाएको छ।

चेर्नभिलका प्रमुख इन्जिनियर अलेक्जेन्डर टायस्र्चुकले त्यहाँको गतिविधिका कारण विकिरण बाहिर आउने जोखिम रहेको बताएका छन्। उनले अवस्था अहिलेसम्म नियन्त्रणमा नै रहेको बताउँदै यसलाई मर्मत गर्नु आवश्यक रहेको बताए।

क्रिमलिनका प्रवक्ता डिमिट्री पेस्कोभले भने सो आक्रमणमा रुसको कुनै भूमिका नभएको जनाएको छ। यस युद्धको समयमा युक्रेनी पक्षले बारम्बार रुसमाथि आणविक भट्टीमा लक्षित गरी आक्रमण गरेको आरोप लगाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनबीचमा युद्ध विरामको विषयमा फोन वार्ता भएको दुई दिनपछि यो आणविक भट्टीमा आक्रमणको रिपोर्ट सार्वजनिक भएको हो।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ८ : ०० बजे

गायिका नेहा कक्कडको पोस्टले डिभोर्ससम्मको अफवाह

काठमाडौं– बलिउडकी चर्चित गायिका नेहा कक्कड फेरि एकपटक चर्चामा आएकी

सरकार छाडेका महावीर पुनले म्याग्दीबाट दिए स्वतन्त्र उम्मेदवारी

म्याग्दी- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले

प्रदीप पौडेल काठमाडौं–५ बाट मनोनयन गर्दै

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं क्षेत्र नम्बर

एमाले सचिव बस्नेतले भक्तपुर-२ मा दर्ता गराए उम्मेदवारी

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले भक्तपुर २ मा उम्मेदवारी

‘फिल्म चलाउन भाडाका दर्शक ल्याएर रुवायो’ भन्ने आरोपबारे बोले बल्छी

काठमाडौं – पछिल्लो समय कलाकारहरु हलमा पुगेर दर्शकबाट प्रत्यक्ष प्रतिक्रिया