आहा रारा गोल्डकप : उपाधिका लागि नेपाल पुलिस र ब्ल्याक बुल्स भिड्दै « Khabarhub

आहा रारा गोल्डकप : उपाधिका लागि नेपाल पुलिस र ब्ल्याक बुल्स भिड्दै


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २४औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबलमा आज उपाधि भिडन्त हुँदैछ ।

कास्कीको पोखरा रङ्गशालामा दिउँसो २ बजे सुरु हुने खेलमा उपाधिका लागि नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

सेमिफाइनलमा चर्च ब्वाइजलाई हराएर पुलिस फाइनलमा पुगेको हो भने ब्ल्याक बुल्सले पाँच पटकको उपाधि विजेता थ्रीस्टारलाई पराजित गरेको थियो । 

नेपाल पुलिस क्लब आजको खेल जित्दै सातौँ पटक च्याम्पियन बन्ने लक्ष्यमा रहँदा प्रतियोगितामा पहिलो पटक सहभागी ब्ल्याक बुल्स पुलिसलाई हराएर पहिलो उपाधि रच्ने योजनामा छ ।

३ विदेशी र ९ स्वदेशी गरी १२ टोली सहभागी प्रतियोगिताको विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एकहजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ८ : ४२ बजे

पूर्णबहादुरले भने : आयोगको निर्णयविरुद्ध संघर्ष गर्छौँ

काठमाडौं- नेपाली कांग्रेसका निर्वतमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनलाई

पूर्णबहादुर खड्काको आरोप : आयोगले सेटिङमा निर्णय गर्‍यो

काठमाडौं – नेपाली कांग्रेस देउवा समूहका कार्यवहाक सभापति पूर्ण बहादुर

गगन पक्षलाई मान्यता दिँदा आयोगको निष्कर्ष : कांग्रेसमा महाधिवेशन प्रतिनिधि नै सर्वोच्च

काठमाडौं– निर्वाचन आयोगले गगन थापा समूहलाई नेपाली कांग्रेसको मान्यता दिँदा

देउवा पक्षले भन्यो : आयोगको निर्णय मान्दैनौँ, विधि र प्रक्रियाको धज्जी उडाइयो

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले गगन थापा पक्षलाई निर्वाचन