पर्सामा बाघको निगरानी गर्न क्यामेरा ‘ट्रयापिङ’ « Khabarhub

पर्सामा बाघको निगरानी गर्न क्यामेरा ‘ट्रयापिङ’


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पर्सा– पर्साको साझेदारी वनमा बाघको निगरानी गर्न अत्याधुनिक क्यामेरा ट्रयापिङ गरिएको छ । जिल्लाको साझेदारी वनबाट बस्तीमा बाघको गतिविधि बढेसँगै बाघको गतिविधि नियाल्नका लागि क्यामेरा ट्रयापिङ गर्न लागिएको हो ।

डिभिजन वन कार्यालय पर्साका डिभिजन वन अधिकृत मञ्जुर अहमदले पर्सा जिल्लाको साझेदारी वनमा बाघको गणना गर्नका लागि विभिन्न १२ स्थानमा क्यामेरा ट्रयापिङ गर्न थालेको जानकारी दिए ।

‘माघ २९ गतेदेखि पर्साको विभिन्न साझेदारी वनमा पनि बाघको गणनाका लागि क्यामेरा ट्रयापिङ सुरुवात गरेका छौँ । यसले सामुदायिक वनमा बाघ, चितुवालगायतका जङ्गली जनावरको गतिविधि अध्ययन र अनुसन्धानका लागि उपयोगी हुने अपेक्षा राखेका छौँ’, उनले भने, ‘राष्ट्रिय निकुञ्जभित्र क्यामेरा ट्रयापिङ सामान्यजस्तै भए पनि साझेदारी वनमा भने जिल्लामै पहिलोपटक जडान गरिएको हो ।’

पर्सा जिल्लामा सबैया, बढनिहार र मानवा सवडिभिजन कार्यालय मातहतका क्षेत्रमा तीन–तीन वटा क्यामेरा क्यामेरा ट्रयापिङ जडान गर्न लागिएको हो । त्यस्तै रङ्गपुर, भतौडामा पनि एक–एक र अन्य एक ठाउँमा पनि क्यामेरा ट्रयापिङ जडान कार्य भइरहेको छ ।

क्यामेरा ट्रयापिङले २४औँ घण्टा बाघलगायतका जङ्गली जनावरको गतिविधिलाई फोटो खिच्नेछ । सो क्यामेराको दैनिक १६ जिपीको क्षमताको तस्बिर खिच्न सक्ने क्षमता रहेको छ । रङ्गपुर सबडिभिजन कार्यालयका फरेष्टर पुरूषोत्तमप्रसाद पटेलले क्यामेरा ट्रयापिङले बाघ, चितुवालगायतको गतिविधि विश्लेषण गर्न पनि मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे । डब्लुडब्लुएफको सहयोगमा सो क्यामेरा जडान गरिएको हो ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  १० : ०९ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान