पर्यटन वर्ष उद्घाटन कार्यक्रममा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते « Khabarhub

पर्यटन वर्ष उद्घाटन कार्यक्रममा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा पर्यटन वर्ष घोषणा समारोहमा बेलुन पड्किँदा उपप्रधान तथा अर्थमन्त्रीमन्त्री विष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका छन् । 

प्रमुख अतिथि उपप्रधानमन्त्री पौडेलले स्विच थिचेर बत्ती बालेपछि बेलुन उडाउने क्रममा बिजुलीको बत्तीको झिल्काले बेलुन पड्किएपछि दुवै जनालाई सामान्य चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् । 

धेरै वटा बेलुन बत्तीको झिल्का नजिकै राख्दा तातोका कारण बेलुन पड्केका हुन् । मन्त्री पौडेलको कोट सल्किएको छ भने मेयरको गालामा आगोको झिल्काले छोएको छ । उनीलाई तत्कालै अस्पताल लगिएको छ ।

महानगरप्रमुख आचार्यलाई उपचारका लागि फिस्टेल हस्पिटल लगिएको उनका प्रेस संयोजक भीम थापाले जानकारी दिए।

उपपप्रधान तथा अर्थमन्त्री पौडेलको पनि उपचारका लागि गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल लगिएको र उनलाई सामान्य चोट लागेको नेकपा (एमाले) कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  १ : ४५ बजे

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी