अमेरिकासँग राष्ट्रपति जेलेन्स्कीले मागे युक्रेनको ‘सुरक्षा ग्यारेन्टी’ « Khabarhub

अमेरिकासँग राष्ट्रपति जेलेन्स्कीले मागे युक्रेनको ‘सुरक्षा ग्यारेन्टी’


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी उपराष्ट्रपतिसँगको भेटमा आफूले युक्रेनको ‘सुरक्षा ग्यारेन्टी’ मागेको बताएका छन् ।

मस्कोसँग युद्धविराम सम्झौताका लागि ट्रम्प प्रशासनको प्रयासबारे छलफल गर्ने क्रममा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युक्रेनको ‘सुरक्षा ग्यारेन्टी’ मागेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमलाई बताएका हुन् ।

जेलेन्स्कीले अमेरिकी उपराष्ट्रपति जेडी भान्ससमेत सहभागी म्युनिख सुरक्षा सम्मेलनमा तीन वर्षे युक्रेन युद्धलाई समाप्त गर्ने वासिङ्टनको प्रयासमा किनारा नलगाइयोस् भनेर सुनिश्चित गर्ने युक्रेनी प्रयासलाई प्रस्तुत गरेका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता रुसी नेता भ्लादिमिर पुटिनसँग युद्धविराम वार्ता सुरु गर्न चाँडै नै भेट्ने घोषणा गरेपछि यसले युक्रेनका लागि अमेरिकी समर्थनको यथास्थितिलाई लिएर अमेरिकाका मित्रराष्ट्रहरूलाई स्तब्ध पारेको छ।

म्युनिखमा पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले युद्धको अन्त्य हुनुअघि ह्वाइट हाउससँग ‘थप कुरा’ गर्नुपर्ने आवश्यकतामा जोड दिए।

“हामी शान्ति चाहन्छौं तर हामीलाई वास्तविक सुरक्षा ग्यारेन्टी चाहिएको छ,” भान्ससँगको पहिलो भेटपछि उनले भने ।

जेलेन्स्कीको चिन्ता अमेरिकी सञ्चारमाध्यम एनबीसीसँगको अन्तर्वार्ताको पूर्वावलोकनमा पनि प्रदर्शित भएको थियो, जसमा भनिएको थियो, “संयुक्त राज्य अमेरिकाको समर्थन बिना युक्रेनको स्वतन्त्र अस्तित्वका साथ बाँच्नको लागि निकै कम मौका हुनेछ।”

जेलेन्स्कीले एक्समा उल्लेख गरे अनुसार युत्रविराम र शान्ति वार्ताबारे थप छलफलका लागि वासिङ्टनबाट एक जना दूतले किएभको भ्रमण गर्नेछन् ।

उनले लेखेका छन्, “हामी वास्तविक र प्रत्याभूत शान्तितर्फ जतिसक्दो चाँडो अघि बढ्न तयार छौँ ।”

युक्रेनी नेताले पुटिनको ९० मिनेट लामो फोन वार्तापछि यसै साता ट्रम्पसँग भएको फोन वार्ता ‘सुखद नभएको’ बताएका थिए ।

अमेरिकी अधिकारीहरूले रुसको आक्रमणसँग लडिरहेको तीन वर्षपछि युक्रेनलाई चिसोमा नछोड्ने बताएका छन् । म्यूनिख बैठकअघि भान्सले संयुक्त राज्य अमेरिका रुसलाई दबाब दिन तयार रहेको बताउँदै युरोप ‘निश्चित रूपमा’ टेबलमा रहनुपर्ने बताए।

उनले युरोपलाई आफ्नो प्रतिरक्षालाई मजबुत बनाउन र वासिङ्टनलाई विश्वका अन्य देशहरूमा खतराहरूमा ध्यान केन्द्रित गर्न अनुमति दिन पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  २ : ०१ बजे

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरा र लुम्बिनीमा योग प्रदर्शन

काठमाडौं- १२औँ अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को अवसरमा नेपालस्थित भारतीय राजदूतावासले

आजका समाचार : रातो मच्छिन्द्रनाथको जात्रा समापन, रास्वपा महाधिवेशनको तयारी पूरा र युद्धविरामका बीच लेबनानमा आक्रमण

राष्ट्रपतिरा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकनराष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री

क्यान्सर औषधि सहज उपलब्ध हुने

काठमाडौं– विगत दुई महिनादेखि क्यान्सर रोगको उपचारका लागि प्रयोग हुने

आइतबारदेखि रास्वपाको पहिलो महाधिवेशन सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन भोलि

गोली प्रहार गरी तीन जना लागूऔषध कारोबारी पक्राउ

काठमाडौं– लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले गोली प्रहार गरी तीन