नागरिक सेवामा समर्पित हुनुपर्नेमा प्रदेश प्रमुखको जोड « Khabarhub

नागरिक सेवामा समर्पित हुनुपर्नेमा प्रदेश प्रमुखको जोड


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकार नागरिक सेवामा समर्पित हुनुपर्नेमा जोड दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा शनिबार आयोजित कोशी प्रदेश सरकारको सातौँ वार्षिकोत्सव समारोहमा उनले प्रदेश सरकार जनताको सेवाका क्षेत्रमा दत्तचित्त भएर लाग्नुपर्छ भने। साथै उनले प्रदेशको विकास– निर्माण र शान्ति सुरक्षाका निम्ति पनि चनाखो हुन जरुरी भएको बताए । 

प्रदेश प्रमुख खापुङले भने, ‘सङ्घीयता कार्यान्वयनका निम्ति आवश्यक कानुन बनिरहेका तथा  प्रदेश सरकारले आफ्नो  कर्तव्य इमानदारीपूर्वक निर्वाह गरिरहेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागु भएको छोटो समयमा प्रदेश सरकारले महत्त्वपूर्ण काम गरेको छ ।’

उनले सात वर्षमा भएका विकास–निर्माणका कामलाई समेटेर प्रदेश सरकारले प्रकाशन गरेको पुस्तक पनि सार्वजनिक गरे।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार भौतिक विकाससँगै मानव संशाधन विकासमा पनि लागेको बताए। उनले भने, “सरकार पुँजी निर्माणसँगै गरिबी घटाउने प्रयासमा छ ।” 

पुँजी निर्माणका निम्ति आगामी वैशाखमा लगानी सम्मेलन आयोजना गरिने उनको कथन थियो । 

मुख्यमन्त्री कार्कीले आगामी एक महिनाभित्र प्रदेश आन्तरिक राजस्व कार्यालय स्थापना गर्न सरकारले नीतिगत आधार बनाएको जानकारी दिँदै प्रदेशका कर्मचारीको वृत्ति विकासमा सघाउन सरकार गम्भीर छ भने ।

सभामुख अम्बरबहादुर विष्टले विविधतायुक्त कोशी प्रदेशमा राजनीतिक स्थायित्व भएमा विकास गर्न असहज नहुने बताए। उनले सरकारलाई दिगो आम्दानीको खोज र औद्योगिक विकासका निम्ति लगानी गर्न सुझाव दिए।

मुख्यसचिव केदारनाथ शर्माले राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । 

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  २ : ३६ बजे

सिलिन्डरसहित लाइनमा छन् उपभोक्ता, तर मन्त्री भन्छिन्- ग्यासको अभाव छैन, माग नै धेरै भयो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यास अभाव नभई मागमा

फिफा अध्यक्ष इन्फान्टिनोको बचाउ र समर्थनमा उत्रियो अर्जेन्टिना फुटबल संघ

काठमाडौं– अर्जेन्टिना फुटबल संघ (एएफए) ले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई

जेन-जी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियो : हमाल

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा रवि किरण हमालले राष्ट्रिय मानव अधिकार

जनताको निराशाबारे मनिष झाको टिप्पणी- सकारले अब कालो चस्मा खोल्नुपर्छ, आगो मात्रै निभेको हो, दाउरा निभेको छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रधानमन्त्री बालेन्द्र शाह

नेपालभर ९५.५ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिममा शतप्रतिशत

काठमाडौं– नेपालमा यस वर्षको मुख्य बाली धानको रोपाइँ अन्तिम चरणमा