अर्थमन्त्री पौडेललाई थप उपचारका लागि काठमाडौं लगियो « Khabarhub

अर्थमन्त्री पौडेललाई थप उपचारका लागि काठमाडौं लगियो


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

पोखरा– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप उपचारका लागि काठमाडौं लगिएको छ । 

पोखरा पर्यटन वर्ष घोषणा समारोहमा बेलुन पड्किँदा घाइते भएका अर्थमन्त्री पौडेललाई उप उपचारका लागि हेलिकप्टारमार्फत् काठमाडौंको कीर्तिपुरस्थित बर्न हस्पिटल लगिएको हो ।

थप उपचारका लागि काठमाडौं उड्नै लाग्दाको तस्बिरमा अर्थमन्त्री पौडेलको बायाँ हातमा सेतो पट्टी (ब्यान्डेज) बेरिएको देखिएको छ । उनको अनुहारमा पनि आगोले पोलिएको तस्बिरमा देखिन्छ ।

घोषणा समारोहमा बेलुन पड्किँदा उनी पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँगै घाइते भएका थिए । घाइते आचार्यको अनुहारमा पनि आगोले पोलिएर घाउ भएको छ ।

प्रमुख अतिथिका रूपमा पौडेलले स्विच थिचेर बत्ती बालेपछि बेलुन उडाउने क्रममा बिजुलीको बत्तीको झिल्काले बेलुन पड्किएपछि दुवै जनालाई चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  २ : ४८ बजे

आजै ४ बजे रास्वपा केन्द्रीय समितिको बैठक बस्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ

चीनको सिजाङमा पहिरो : नेपालीसहित २६१ विदेशीको अवस्था अज्ञात

ग्यिरोङ– दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत चीन–नेपाल सीमाको ग्यिरोङ नाकामा

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा ५९ शव ल्याइयो

काठमाडौं– भोटेकोशीको बाढीमा परेर ज्यान गुमाएकामध्ये ५९ जनाको शव त्रिभुवन विश्वविद्यालय

तथानाम सोधेर बाढी पीडितलाई युट्युबरले वाक्क लगाएपछि…

काठमाडौं – कन्टेन्टको लोभले रसुवा बाढी प्रभावित क्षेत्रमा पुगेर स्थानीयलाई