अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई काठमाडौं ल्याइयो, कीर्तिपुरस्थित बर्न हस्पिटलमा उपचार हुने « Khabarhub

अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई काठमाडौं ल्याइयो, कीर्तिपुरस्थित बर्न हस्पिटलमा उपचार हुने


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पोखरा पर्यटन वर्ष घोषणा समारोहमा बेलुन पड्किँदा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । 

थप उपचारका लागि काठमाडौं उड्नै लाग्दाको तस्बिरमा अर्थमन्त्री पौडेलको बायाँ हातमा सेतो पट्टी (ब्यान्डेज) बेरिएको देखिएको छ । उनको अनुहारमा पनि आगोले पोलिएको तस्बिरमा देखिन्छ । महानगर प्रमुख आचार्यको अनुहारमा पनि आगोले पोलिएको छ ।

घोषणा समारोहमा बेलुन पड्किँदा घाइते भएका दुवै जना लिएर सिम्रिक एयरको हेलिकप्टर काठमाडौंका लागि उडिसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए ।

उनका अनुसार घाइते दुवै जनालाई काठमाडौंको कीर्तिपुरस्थित बर्न हस्पिटलमा थप उपचारका लागि ल्याइएको हो ।

प्रमुख अतिथिका रूपमा पौडेलले स्वीच थिचेर बत्ती बालेपछि बेलुन उडाउने क्रममा बिजुलीको बत्तीको झिल्काले बेलुन पड्किएपछि दुवै जना घाइते भएका थिए ।

अर्थमन्त्री पौडेललाई थप उपचारका लागि काठमाडौं लगियो

पर्यटन वर्ष उद्घाटन कार्यक्रममा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ३ : ०५ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु