फिलिपिन्समा डेङ्गुको प्रकोप « Khabarhub

फिलिपिन्समा डेङ्गुको प्रकोप


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेनसी– फिलिपिन्सको राजधानी मनिलाको सबैभन्दा बढी जनसङ्ख्या भएको क्वेजोन नगरमा डेङ्गुको प्रकोप फैलिएको छ ।

क्वेजोनका नगर प्रमुखले शनिबार डेङ्गुको प्रकोप फैलिएको घोषणा गर्दै नागरिकहरूलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन् ।

क्वेजोन शहरका प्रमुख जोय बेलमोन्टका अनुसार जनवरी १ देखि फेब्रुअरी १४ सम्मको अवधिमा शहरको स्वास्थ्य विभागले एक हजार ७६९ बिरामीहरूमा डेङ्गु सङ्क्रमण भएको पुष्टि गरेको छ । यो सङ्क्रमण दर गत वर्षको तुलनामा लगभग २०० प्रतिशत बढी हो।

बेलमोन्टका अनुसार यो बर्ष  आठ नाबालकसहित १० जनाको यस रोगका कारण मृत्यु भएको छ ।

बेलमोन्टले भने, ‘डेङ्गुको प्रकोपको हाम्रो घोषणा सङ्क्रमणको स्थितिको शीर्ष अवस्थामा रहेको जानकारी गराउन भएको हो।’

उनले भने, ‘हामी हाम्रा बासिन्दाहरूलाई यस घातक रोगबाट, विशेष गरी हाम्रा बच्चाहरूलाई बचाउन सक्दो प्रयास गरिरहेका छौं भन्ने सुनिश्चित गर्दछ।’ 

सङुक्रमितमध्ये ५८ प्रतिशत पाँचदेखि १७ वर्ष उमेर समूहका विद्यालय जाने उमेरका बालबालिका रहेका छन् भने ४४ प्रतिशत एकदेखि १० वर्ष उमेर समूहका बालबालिका रहेका छन् ।   

‘डेङ्गुको निदानलाई सम्बोधन गर्ने कार्यका लागि प्राथमिक समाधानको रूपमा सबै ६६ शहर स्वास्थ्य केन्द्रहरू सप्ताहान्तमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछन्,’ बेलमोन्टले भने। 

फिलिपिन्सको स्वास्थ्य विभागले पानी र खानाबाट सर्ने रोग, इन्फ्लुएन्जाजस्ता रोग, लेप्टोस्पायरोसिस र डेङ्गुजस्ता रोग बढेको उल्लेख गरेको एक दिनपछि यो शहरमा डेङ्गुको प्रकोप घोषणा भएको हो ।

सरकारी तथ्यांकअनुसार सन् २०२० सम्ममा क्वेजोन शहरको जनसङ्ख्या करिब ३० लाख रहेको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ५ : ०२ बजे

ग्यास संकटबीच सरकारको काम देखेर रामेश प्रसाईंले भने, ‘चुनावताका बोलेका कुरा सम्झिँदा आफैंलाई लाज लाग्छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले खाना

बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीनजना पक्राउ

नेपालगन्ज– कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी

गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने

काठमाडौं– नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बीच सन् २०२७

हेटौंडाको सामुदायिक वनभित्र बोरामा भेटियो महिलाको शव

मकवानपुर- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र हालेर

सिलिन्डरसहित लाइनमा छन् उपभोक्ता, तर मन्त्री भन्छिन्- ग्यासको अभाव छैन, माग नै धेरै भयो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यास अभाव नभई मागमा