अर्थमन्त्री पौडेल र मेयर आचार्यको अनुहारमा जलन, उच्च निगरानीमा राखेर उपचार गर्नुपर्ने « Khabarhub

अर्थमन्त्री पौडेल र मेयर आचार्यको अनुहारमा जलन, उच्च निगरानीमा राखेर उपचार गर्नुपर्ने


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कास्कीमा ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन क्रममा चरम लापरवाही गर्दा जलन खेपेका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्यको शरीर ६ प्रतिशतसम्म जलेको छ ।

मन्त्री र मेयरद्वयको उपचार गरिरहेको कीर्तिपुर अस्पतालले शनिबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूको अनुहारमा जलन भएकाले स्वासनली र फोक्सोमा असर पर्ने सम्भावना रहेको पनि जानकारी दिएको छ ।

पौडेल र आचार्यलाई अस्पतालले हाल सघन उपचार कक्षमा राखेर उपचार सेवा दिइरहेको छ । उनीहरूको उपचारमा प्रा.डा‍. बीडी झा, डा. प्रवीण गिरी, प्रा.डा. शङ्करमान राई, डा. विशाल कार्की, डा. मनिष यादव, डा. प्रयुष अर्याल, रिना गौतम, तृष्णा महर्जन र निर्मला कुँवर लगायतको चिकित्सक टोली खटिएको छ ।

अति प्रज्वलनशील हाइड्रोजन ग्यास भरिएको बेलुनको झुप्पोमा भ्रमण वर्षको लोगो झुण्ड्याएर आकाशतिर उडाउन लाग्दा मन्त्री पौडेल र मेयर आचार्य जलनमा परेका थिए । स्पार्क मेसिनले फालिरहेको आगोको झिल्कोमाथि नचाउँदा बेलुन बिस्फोट भएको थियो । बेलुनको तीव्र गतिको ज्वाला मन्त्री पौडेल र मेयर आचार्यको अनुहारमै परेको थियो ।

यो पनि –

उद्घाटन र घोषणा मोह : चरम लापरबाही गर्दा दुर्घटनामा परे मन्त्री र मेयर (तस्बिरहरू)

उनीहरू दुबैलाई पोखरामा प्राथमिक उपचार गराइ थप उपचार निम्ति हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो । कीर्तिपुरस्थित बर्न अस्पतालमा हाल दुबैको उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ६ : २६ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६