अर्थमन्त्री पौडेल र मेयर आचार्यको अनुहारमा जलन, उच्च निगरानीमा राखेर उपचार गर्नुपर्ने « Khabarhub

अर्थमन्त्री पौडेल र मेयर आचार्यको अनुहारमा जलन, उच्च निगरानीमा राखेर उपचार गर्नुपर्ने


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कास्कीमा ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन क्रममा चरम लापरवाही गर्दा जलन खेपेका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्यको शरीर ६ प्रतिशतसम्म जलेको छ ।

मन्त्री र मेयरद्वयको उपचार गरिरहेको कीर्तिपुर अस्पतालले शनिबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूको अनुहारमा जलन भएकाले स्वासनली र फोक्सोमा असर पर्ने सम्भावना रहेको पनि जानकारी दिएको छ ।

पौडेल र आचार्यलाई अस्पतालले हाल सघन उपचार कक्षमा राखेर उपचार सेवा दिइरहेको छ । उनीहरूको उपचारमा प्रा.डा‍. बीडी झा, डा. प्रवीण गिरी, प्रा.डा. शङ्करमान राई, डा. विशाल कार्की, डा. मनिष यादव, डा. प्रयुष अर्याल, रिना गौतम, तृष्णा महर्जन र निर्मला कुँवर लगायतको चिकित्सक टोली खटिएको छ ।

अति प्रज्वलनशील हाइड्रोजन ग्यास भरिएको बेलुनको झुप्पोमा भ्रमण वर्षको लोगो झुण्ड्याएर आकाशतिर उडाउन लाग्दा मन्त्री पौडेल र मेयर आचार्य जलनमा परेका थिए । स्पार्क मेसिनले फालिरहेको आगोको झिल्कोमाथि नचाउँदा बेलुन बिस्फोट भएको थियो । बेलुनको तीव्र गतिको ज्वाला मन्त्री पौडेल र मेयर आचार्यको अनुहारमै परेको थियो ।

यो पनि –

उद्घाटन र घोषणा मोह : चरम लापरबाही गर्दा दुर्घटनामा परे मन्त्री र मेयर (तस्बिरहरू)

उनीहरू दुबैलाई पोखरामा प्राथमिक उपचार गराइ थप उपचार निम्ति हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो । कीर्तिपुरस्थित बर्न अस्पतालमा हाल दुबैको उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ६ : २६ बजे

‘रवि-बालेनजस्तै आफ्नै निर्णय अन्तिम सत्य ठान्ने प्रवृत्ति गगनहरूमा देखियो’

काठमाडौँ- गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनपछि सिर्जित नेपाली कांग्रेसभित्रको

पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

बागलुङ– पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्डमा गए रातिदेखि आवतजावत अवरुद्ध

मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

मुस्ताङ– मुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरिएको अवैध

‘ध्रुवे’ हात्तीलाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

चितवन– चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान

सप्तकोसीमा पानीको बहाव बढ्यो, २१ ढोका खोलिए

सुनसरी– वर्षा सुरु भएसँगै सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम जारी