पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक विल्सन चेरुईयोटलाई « Khabarhub

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक विल्सन चेरुईयोटलाई


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १९औं संस्करणको उपाधि केन्याली धावक विल्सन चेरुईयोटले जितेका छन् । उनले ४२.२९५ किलोमिटरको दूरी २ घण्टा १७ मिनेट २१ सेकेन्डमा पूरा गर्दै पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

दोस्रो स्थानमा केन्याली धावक जुलियस मुरियुकी रहे, जसले २ घण्टा १७ मिनेट २३ सेकेन्डमा दूरी पूरा गरे । उनले नगद ३ लाख रुपैयाँ जिते । तेस्रो स्थानमा केन्याली धावक ओनेसमस गिटायु रहे, जसले २ घण्टा १८ मिनेट ४८ सेकेन्डमा दौड पूरा गर्दै २ लाख रुपैयाँ प्राप्त गरे । नेपालका किरणसिंह बोगटीले २ घण्टा ३८ मिनेट १७ सेकेन्डमा दूरी पूरा गर्दै सान्त्वना पुरस्कार स्वरूप ३० हजार रुपैयाँ प्राप्त गरे ।

यस वर्षदेखि आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले गण्डकी प्रदेशका धावकका लागि छुट्टै पुरस्कारको व्यवस्था गरेको थियो । यसअनुसार निरोज भट्ट क्षेत्री गण्डकी प्रदेशतर्फ पहिलो भए भने रिखुलाल सिंजालीमगर दोस्रो र दिनेशसिंह बोगटी तेस्रो भए । उनीहरू क्रमशः पोखरा म्याराथनको समग्र नतिजामा पाँचौँ, छैटौँ र सातौँ स्थानमा रहे ।

पुरुषतर्फको हाफ म्याराथनमा सन्तोषविक्रम विष्टले २१.०९७ किलोमिटरको दूरी १ घण्टा ९ मिनेट ७ सेकेन्डमा पूरा गर्दै उपाधि जिते । गजेन्द्र राई दोस्रो स्थानमा रहे भने इमानियोल किप्टारबेई तेस्रो भए ।

महिलातर्फ सन्तोषी श्रेष्ठ पहिलो भइन् । उनले निर्धारित दूरी १ घण्टा २० मिनेट ३ सेकेन्डमा पूरा गरिन् । स्यारोन जनोटिक दोस्रो स्थानमा रहिन् भने पुष्पा भण्डारी तेस्रो भइन् ।

पोखरा रंगशालाबाट बिहान सुरु भएको म्याराथनको उद्घाटन उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गरेका थिए । प्रतिस्पर्धात्मक दौडमा ३ हजारभन्दा बढी धावक सहभागी भए भने रन फर फनमा १० हजारभन्दा बढीले दौडिए ।

दौड पोखरा महानगरका विभिन्न भाग परिक्रमा गर्दै पोखरा-६ लेकसाइडस्थित हल्लनचोकमा पुगेर समापन गरिएको थियो । हल्लनचोकमै विजयी खेलाडीलाई पुरस्कार वितरण गरियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ६ : २८ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको