इटहरी गोल्डकपः युकेएफसी सेमिफाइनलमा प्रवेश « Khabarhub

इटहरी गोल्डकपः युकेएफसी सेमिफाइनलमा प्रवेश


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

सुनसरी – राष्ट्रिय जागृति क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै युकेएफसी १५औँ अन्तरराष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेन्टस इटहरी गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आजदेखि इटहरी रङ्गशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेल राष्ट्रिय जागृति क्लब र युकेएफसीबीच भएको थियो । खेलको ११औँ मिनेटमा जागृति क्लबका एलेक्सले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनले उमेश कार्कीले कर्नरमा प्रहार गरेको बललाई ‘हेड’ मार्फत गोल गर्न सफल भएका थिए ।

खेलको २१औँ मिनेटमा युकेएफसीका सत्यम शर्माले प्रहार गरेको ‘फ्री किक’लाई गोलकिपरले रोक्न नसकेपछि गोल भएपछि दुवै टोलीको खेल बराबरी भएको थियो । खेलको ५५औँ मिनेटमा युकेएफसीका हेमराज भुजेलले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने उनले गरेको गोल निर्णायक बन्न पुग्यो ।

आजको खेलको ‘म्यान अफ दी म्याच’ युकेएफसीका सत्यम शर्मा घोषित भएका छन् । उनलाई रु १० हजार पुरस्कार प्रदान गरिएको छ । यही फागुन १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोली सहभागी छन् ।

आइतबार दोस्रो क्वाटरफाइनल खेल बुढासुब्बा गोल्डकप च्याम्पियन न्युरोड टिम ९एनआरटी० र सगरमाथा युथ क्लब मोरङबीच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ट्रफीसहित रु १० लाख र उपविजेताले नगद रु पाँच लाख पुरस्कार पाउनेछन् ।

विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले रु एक लाख, प्रत्येक खेलको म्यान अफ दी म्याच हुने खेलाडीले रु १० हजार, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही रु २० हजार प्राप्त गर्नेछन्भने सर्वाधिक गोलकर्ता खेलाडीले नगद रु २५ हजार पाउने आयोजक राष्ट्रिय जागृति क्लबका प्रतियोगिता संयोजक अनुरोध थापाले बताए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ९ : ३८ बजे

बिमा प्राधिकरणको प्रवक्तामा निर्देशक ढुङ्गेल

काठमाडौं– नेपाल बीमा प्राधिकरणको प्रवक्तामा निर्देशक पूजन ढुङ्गेल अधिकारी तोकिएकी

ओलीको दाबी : चुनावपछि देश सम्हाल्ने पार्टी नै एमाले हो

दमक- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो देशलाई सम्हाल्न

हरेक मतदान बुथमा एमालेबाट ३० जना भोलेन्टियर्स फोर्स खटिने

झापा, दमक – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले

‘रुखमा बाँधेर बाटो बनाउने’ बालेनको अभिव्यक्ति आपत्तिजनक, माफी माग्नुपर्ने निर्माण व्यसायीको अडान

काठमाडौं- निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघ राष्ट्रिय

दमकमा नेशनल भोलेन्टियर फोर्स कोशी कमाण्ड घोषणा (तस्बिरहरू)

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा नेशनल भोलेन्टियर