नारायणहिटी अगाडि राजावादीहरूको प्रदर्शन (तस्बिरहरू) « Khabarhub

नारायणहिटी अगाडि राजावादीहरूको प्रदर्शन (तस्बिरहरू)


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रोपल्ट राजा बनाउने उद्देश्यका साथ आन्दोलनरत राजावादीले नारायणहिटी दरबार संग्राहलय अगाडि प्रदर्शन गरेका छन् । 

शाही युवा शक्ति नेपाल नामक संगठनको अगुवाईमा राजावादीहरूले शनिबार दिउँसो नारायणहिटी अगाडि प्रदर्शन गरेका हुन् । 

‘ज्ञानेन्द्र सरकारलाई तेस्रो पटक राजा घोषणा गरौँ । राजा जनता एक हौँ’ लेखिएको ब्यानर र राष्ट्रिय झण्डासहित आएको समूहले नारायणहिटीको प्रवेश द्वार अगाडि यातायात अवरुद्ध हुने गरेर प्रदर्शन गरिरहेका छन् । 

पछिल्लो समय विभिन्न राजावादी समूहहरू नारायणहिटी दरबार संग्राहलय अघि पुगेर राजसंस्था पुनर्स्थापनाको माग गर्दै प्रदर्शन गर्दै आएका छन् । 


यसअघि राजसंस्थाको वकालत गर्दै आएका राजनीतिक दल र समूहहरूले फागुन २५ गते काठमाडौंमा शक्ति प्रदर्शन गरेका थिए । उनीहरूको प्रदर्शनपछि गणतन्त्रवादी दलहरू हच्किएका छन् ।    

शाह वंशीय अन्तिम राजा ज्ञानेन्द्र शाहलाई फेरि तेस्रोपल्ट राजा बनाउने भन्दै सक्रिय हुन थालेपछी समाजवादी मोर्चा, नेपालले चैत १५ गते वृहत विरोध सभाको घोषणा गरेको छ । 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा र महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) संयुक्त मोर्चा बनाएर गतिविधिहरू गर्दै आएका छन् ।

 तस्बिर :  केशव सावद 

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ३ : २७ बजे

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा