ओलीले देउवालाई भने- विपक्षीले खेल्ने मौका पाए, असन्तुष्टिबारे कांग्रेस नेताहरूसँग कुरा गर्नुस् « Khabarhub

ओलीले देउवालाई भने- विपक्षीले खेल्ने मौका पाए, असन्तुष्टिबारे कांग्रेस नेताहरूसँग कुरा गर्नुस्


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार सत्ता गठबन्धन दलका दुई शीर्ष नेता प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच एक घण्टा लामो भेटवार्ता भएको छ । 

बिहान ११ बजेदेखि भएको एक घण्टा लामो भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले कांग्रेस नेताहरूले सरकारबारे सार्वजनिक रूपमा दिएका अभिव्यक्तिबारे सोधीखोजी गरेका थिए ।

कांग्रेस महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेताहरू शेखर कोइराला र एनपी साउद लगायतले सरकारले कामको गति बढाउन नसकेको भन्दै सार्वजनिक रूपमा प्रश्न उठाइरहेका बेला दुई नेता वार्तामा बसेका हुन् ।

मंगलबार मात्रै महामन्त्री थापाले सकरारको गतिलाई कछुवाको भन्दा सुस्त भनिदिए । उनले त्यति मात्रै नभएर प्रधानमन्त्रीको बेडसम्मै बिचौलियाको पहुँच रहेको तिखो टिप्पणी पनि गरिदिए । उता अर्का नेता कोइराला पनि यो सरकारलाई लिएर आक्रमक भइरहेका छन्।

एकपछि अर्का कांग्रेस नेताहरूले सरकार र त्यसको नेतृत्वकर्ता प्रधानमन्त्री ओलीको कार्यशैलीलाई लिएर घेर्न थालेपछि ओलीले सभापति देउवालाई नेताहरूको धारणा बुझेर आफूलाई खबर गर्न भनेका छन् ।

बालुवाटार स्रोतका अनुसार ओलीले देउवालाई नेताहरूको असन्तुष्टि चौतर्फी छरिँदा कांग्रेस-एमाले सरकारमाथि प्रश्न उठेको बताएका थिए । त्यहीकारण विपक्षीले खेल्ने ठाउँ पाएको पनि उनको तर्क थियो । ओलीले भने जस्तै कांग्रेस नेताहरूको असन्तुष्टिको स्वर बाक्लिँदै गर्दा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो सरकार चाँडै ढल्ने बताइरहेका छन् ।

‘बाहिर विपक्षीहरूले खेल्ने मैका पाइरहेका छन् । सरकारले काम गर्न नसकेको कुरामा हामी सल्लाह गरेर कसरी अगाडि बढ्न सकिन्छ त्यहीअनुरूप जाउँला’, ओलीले देउवासँग भने, ‘बाहिर नेताहरू कराउँदै हिँडेका छन् । यहाँ बोल्नु हुन्न सभापतिज्यू, नेताहरूको धारणा बुझ्नपर्थ्यो । मैले हिजो एमाले सचिवालय बैठक राखेको थिएँ । मेरा साथीहरूले पनि कांग्रेस नेताको असन्तुष्टि छरिएकोमा तपाईंसँग छलफल गर्नु भन्नुभएको छ ।’ 

ओलीले यसो भनेपछि देउवाले पनि गठबन्धन तलमाथि नहुने बताएका थिए । उनले कांग्रेसमा आन्तरिक लोकतन्त्रको प्रयोग हुने भएकाले नेताहरूले प्रश्न गर्ने कुरामा शंका नगर्न ओलीलाई आग्रह गरे । त्यसपछि गठबन्धनमा कुनै खटपट नभएको र उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा यसबारे कुराकानी हुने भन्दै दुई नेताको बैठक सकिएको थियो । 

बालुवाटार स्रोतका अनुसार आजको मन्त्रिपरिषद् बैठकपछि ओलीले केही दिनमै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सम्भावना छ । यता देउवाले आगामी वैशाख १७ गते कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पनि मंगलबार नै बोलाइसकेका छ्न् ।  

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ४ : ४२ बजे

स्विप अप्रेसन : लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख

तीन सय २५ को स्वास्थ्य परीक्षण : २० जनामा क्यान्सर

तनहुँ – तनहुँमा बुधबार र बिहीबार दुईदिनसम्म सञ्चालन गरिएको निःशुल्क

काठमाडौँ आइपुगे डोनाल्ड ट्रम्पका विशेष दूत, प्रधानमन्त्री बालेनसँग होला भेट ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया

डीडीसी महाप्रबन्धकको जिम्मेवारी सहसचिव डा. शरण पाण्डेलाई

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण

रोल्पामा भएको जीप दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं – रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा आज दिउँसो