खजे दुरालाई राष्ट्रिय विभूति बनाउन माग « Khabarhub

खजे दुरालाई राष्ट्रिय विभूति बनाउन माग


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

पोखरा – दुरा सेवा समाजले खजे दुरालाई राष्ट्रिय विभूति बनाउन माग गरेको छ । दुरा सेवा समाजको ३२ औं वार्षिकोत्सवमा बोल्दै दुरा जातिका अगुवाहरुले खजे दुराले दुरा जातिका लागि मात्र नभई राज्यका लागि समेत ठूलो योगदान दिएकाले राष्ट्रिय विभूति बनाउन माग गरेका हुन् ।

उक्त वार्षिकोत्सवको सम्बोधन गर्दै संघीय सूचना तथा सञ्चार मन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय विभूति बनाउन आफुले सक्दो सहयोग गर्ने र तत्कालका लागि दुुरा भाषामा समाचार पढ्ने, प्रकाशन गर्नुका साथै ठाडो भाखाका सर्जक देउबहादुर दुराको नामको हुलाक टिकट प्रकाशन गर्ने बताए ।

लमजुङको मध्यनेपाल नगरपालिका १० स्थित दुरा जातिको बर्चस्व रहेको हाँडीखोलामा आयोजित दुरा सेवा समाजको ३२ औं वार्षिकोत्सवको सम्बोधन गर्दै मन्त्री गुरुङले दुरा जातिको प्रवर्धनका लागि सरकारले सञ्चालन गर्ने सञ्चार माध्यममा दुरा भाषामै समाचार पढ्ने र त्यसका लागि निवेदन दिन आग्रह गरे ।

राज्यले अहिले २५ भाषामा रेडियो नेपालमा समाचार पढ्ने र ४५ भाषामा गोरखापत्रमा समाचार प्रकाशन हुने हुँदा २६औं र ४६औं भाषामा दुरा भाषा बनाउनका लागि तत्कालै निवेदन दिन गुरुङले अनुरोध गरे ।

दुुरा जाति लोपोन्मुख अवस्थामा पुुग्दा भाषा र लिपिको विकास गर्दा यसले अस्तित्व जोगिने सुनाए । ‘अल्प संख्यक जातिको संस्कृति जोगाउने संघीयताले नै हो राजावादीले होइन त्यसैले राजाको पछि नलाग्नुहोला,’ उनले भने ।

समाजका केन्द्रीय उपाध्यक्ष बलबहादुर दुराले दुरा समाज राज्यको तर्फबाट छायाँमा परेको सुनाए । समाजका अध्यक्ष सुरेशकुमार दुराले १५५० देखि दुुरा जाति नेपालमा रहेको सुनाए ।

खजे दुुराले राज्य अभिषेक गर्नका लागि कुस्माकर घिमिरेसहित राजा ल्याएको बताए । कालु शाहलाई ल्याएको र लमजुङमा राजा स्थापना गराएका थिए । इतिहास अरुले लेखेर नभइ आफैले उजागर गर्नुपर्ने उनले सुनाए ।

लमजुङमा रहेको खजे दुराको शालिक

विभिन्न व्यक्ति सम्मानित

दुरा समाजले विभिन्न व्यक्तिलाई समेत सम्मान गरेको छ । समाजमा सबैभन्दा ज्येष्ठ नागरिक एकबहादुर दुरा, पानमति दुरा र कमला दुरालाई वार्षिकोत्सवको अवसरमा मंगलबार सम्मान गरेको हो ।

हनेरी लेप्टन सुरज दुुरा, इन्सपेक्टर भरतबहादुर दुरा तथा स्नातकोत्तर उत्तीर्ण गर्ने विद्यार्थीहरु सुमित्रा दुरा, हेमा दुरा, हरिमाया दुरा, सुनिता दुरा र जुना दुरालाई समेत सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ९ : २९ बजे

कास्कीमा सबैको उम्मेदवारी कायम, स्वतन्त्रलाई चुनाव चिह्न प्रदान

गण्डकी – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने देशभक्तहरू एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र