आज २०८२ साल जेठ १ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८२ साल जेठ १ गते बिहीबारको राशिफल


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल जेठ १ गते बिहीबार। जेठ कृष्ण पक्षको तृतीया तिथि। तदनुसार सन् २०२५ मे १५ तारिख। अन्तर्राष्ट्रि परिवार दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : मन साना कुराले अशान्त बन्नेछ। शरीरमा कष्ट हुनेछ। आकस्मिक घाटा हुनेछ। थोरै बोल्नु उचित हुनेछ। संकटमा परिवारको भने साथ र सहयोग प्राप्त हुनेछ।

वृष : धन प्राप्त हुने योग छ। व्यापारमा सन्तुष्टि मिल्नेछ। दाम्पत्य सुख हुनेछ। परिवारमा सहकार्य हुनेछ। सहकर्मीको साथ मिल्नेछ। नजिकैको सुखद् यात्राको सम्भावना रहेको छ।

मिथुन : मन प्रशन्न रहनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शत्रुमाथि विजय प्राप्त हुनेछ। रोग नियन्त्रण हुनेछ। लगानी गर्दा परिवारको तर्फबाट गर्दा फाइदा हुनेछ।

कर्कट : पढाइ र प्रेममा सफलता प्राप्त हुनेछ। रचनात्मक कार्यमा मन जानेछ। लगानी गरेको भए फाइदा हुनेछ। सन्तानको व्यवहारबाट मन शान्त बन्नेछ।

सिंह : साना कुराले मन अशान्त बन्ने छ। परिवारका कारणले निराशा बढ्नेछ। साथीसँग विवाद नगरी सहकार्य गर्नु ठिक हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

कन्या : नयाँ लुगा लगाउने अवसर मिल्नेछ। आफन्त र साथीबाट सहयोग मिल्नेछ। विपक्षी शान्त रहेकाले काम सहजै बन्नेछ। मनको कुरा नलुकाइ काम गर्नु उचित हुनेछ।

तुला : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नु उचित हुनेछ। बोलीमा सरस्वतीको बास भएकाले बोल्दा सचेत बन्नुपर्नेछ। परिवारसँग बसेर रमाइलोसँग दिन बित्नेछ। प्रेम सम्बन्ध सुखमय बन्नेछ।

वृश्चिक : तपाईंको राशिमा उदयमान चन्द्रमा आइपुगेकाले दिन सहज बन्नेछ। मन शान्त बन्नेछ। परिवारको साथ मिल्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : अनावश्यक खर्च बढ्नेछ। खर्च कटौती गर्नुपर्ने योग छ। शिक्षा क्षेत्रको अध्ययनले सन्तुष्टि प्राप्त हुनेछ। समाज र राजनीतिक क्षेत्रमा भने विरोधी सक्रिय भएकाले सचेत बनेर काम गर्नुपर्नेछ।

मकर : व्यापारमा नाफा हुनेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। मनमा सन्तुष्टि प्राप्त हुनेछ। सप्तव भावमा शुभग्रह बसेकाले दाम्पत्य जीवन सुखमय बित्नेछ।

कुम्भ : काम सहजै बन्नेछ। साथीभाइले साथ दिनेछन्। धार्मिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

मीन : बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। कार्यक्षेत्रमा सफलता मिल्नेछ। गठ सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। धार्मिक कार्यमा सहभागी भएर सुरु गरेको काम सफल बन्नेछ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ५ : ०३ बजे

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग