टर्कीमा वार्ता गर्दै रुस र युक्रेन : पुटिन उपस्थित नहुने « Khabarhub

टर्कीमा वार्ता गर्दै रुस र युक्रेन : पुटिन उपस्थित नहुने


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


705
Shares
  • change font
  • change font
  • change font

इस्तानबुल – युक्रेन र रुसबीच बिहीबार शान्ति वार्ता हुँदैछ। युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको आह्वानमा वार्ता हुन लागेको हो। टर्कीको इस्तानबुलमा हुने शान्ति वार्तामा रुसका राष्ट्रपति भ्लाडिमिर पुटिन भने उपस्थित नहुने भएका छन्।

क्रेमिलनले जारी गरेको विज्ञप्ति अनुसार रुसको नेतृत्व राष्ट्रपतिका एआइडिई भ्लाडिमिर मेडिन्सकीले गर्ने छन्। यसअघि जेलेन्स्कीले पुटिनसँग आमनेसामने भएर वार्ता गर्न चाहेको बताएका थिए। युक्रेनी राष्ट्रपति जेलेन्स्की रुसी राष्ट्रपति एर्डोगान रेकेब तैयासँग भेट गर्नका लागि बिहीबार टर्कीमा नै हुने छन्।

सन् २०१९ को डिसेम्बरपछि पुटिन र जेलेन्स्कीको व्यक्तिगत भेटघाट भएको छैन। सन् २०२२ को मार्चमा रुसले युक्रेनमाथि आक्रमण गरेको केही दिन पछि भेट भएको थियो। त्यस वार्तापछि रुस–युक्रेन माथि अझ धेरै आक्रामक भएको थियो। पछिल्लो वर्षमा रुसले युक्रेनको पूर्वी भागमा धेरै नै असर गरेको छ।

गत शनिबार किभमा युरोपेली नेताले भेटघाट गरेका थिए। सोही भेटघाटको क्रममा ३० दिने युद्ध विराम लागू गर्न पुटिनलाई गरेको अनुरोधपछि पुटिनले युक्रेनलाई वार्ताको आह्वान गरेका हुन्। आइतबार ट्रम्पले जेलेन्स्कीलाई यो प्रस्ताव स्वीकार गर्न भने पछि जेलेन्स्कीले पनि आफै उपस्थित हुने कुरा बताएका हुन्।

बुधबार ट्रम्पले पुटिन उपस्थित हुने भएमा आफू पनि उपस्थित हुने कुरा बताएका थिए।अमेरिकी विदेशमन्त्री मार्क रुबियो बुधबार टर्की पुगेका छन्। सो वार्ता भन्दा अघि उनले नाटोका विदेश मन्त्रीलाई भेट्ने छन्।

रुबियो शुक्रबार इस्तानबुल पुग्ने छन्। त्यहाँ उनले युरोपेली समकक्षीसँग पनि युद्ध विरामको खाकाका बारे सल्लाह गर्ने छन्।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ६ : १२ बजे

कांग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम सबै जिल्लामा पुर्‍याउने

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर

तेह्र वर्षमा २१ लाख बिरामीको उपचार

भक्तपुर – दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा गौरीशङ्कर लाल

भियतनाममा युटिआर अन्तरराष्ट्रिय टेनिस खेल्दै अभिषेक

कास्की – पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोलाले नेपालको प्रतिनिधित्व गर्दै

महिला भलिबल प्रतियोगिताः एपिएफ र न्यु डायमन्ड विजयी

झापा – आजदेखि सुरु भएको राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा

दोलखा र जुम्लाको तापक्रम माइनसमा

काठमाडौं- नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला बुधबार दुई जिल्लाको