चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ नेपालमा « Khabarhub

चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ नेपालमा


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको राष्ट्रिय जनकांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी चार दिने नेपाल भ्रमणका लागि बुधबार राति काठमाडौं आइपुगेका छन् ।

उपसभामुख इन्दिरा राना मगरको निमन्त्रणामा उपाध्यक्ष सियाओ सहितको १५ सदस्यीय संसदीय प्रतिनिधि मण्डल नेपाल आएको हो ।  

उपाध्यक्ष सियाओसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही, नेपाल–चीन संसदीय मैत्री समुहका संयोजक नारायणकाजी श्रेष्ठ, नेपालका लागि चीनका राजदूत छङ सोङ, संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय लगायतले स्वागत गरेका थिए ।

भ्रमणका क्रममा उपाध्यक्ष सियाओले प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग भेट गर्नेछन् भने उपसभामुख रानासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

उपाध्यक्ष सियाओको सम्मानमा उपसभामुख रानाले बिहीबार साँझ रात्रिभोजको आयोजना गर्नेछिन् । 

सियाओ नेतृत्वको संसदीय  प्रतिनिधि मण्डल नेपाल सरकारले आयोजना गर्ने सगरमाथा संवाद कार्यक्रममा सहभागी हुनेछ । यस्तै, काठमाडौंका बौद्धनाथ, स्वयम्भूनाथ, बसन्तपुर दरबार क्षेत्र तथा भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्ने कार्यक्रम समेत रहेको संघीय संसदका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

प्रतिनिधि मण्डल भ्रमण सम्पन्न गरि जेठ ३ गते दिउँसो चीन फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ८ : १० बजे

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले