कालीगण्डकीको पानीले लिफ्टमार्फत दम्काफाँटमा सिँचाइ | Khabarhub Khabarhub

कालीगण्डकीको पानीले लिफ्टमार्फत दम्काफाँटमा सिँचाइ


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङकै ठूलो खेतीयोग्य जमिनमध्येको एक बलेवाको दम्काफाँटमा कालीगण्डकीको पानी पुर्‍याएर सिँचाइ गरिएको छ । करिब २४ हेक्टरको दम्काफाँटमा सिँचाइको अभावमा जमिन विस्तारै बाँझिन थालेपछी लिफ्टमार्फत कालीगण्डकीको पानी ल्याइएको हो । 

दम्काफाँटमा ४० प्रतिशत जग्गा बाँझो भएपछि सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, पोखराले तीन करोड लागतमा फाँट मुनिको कालीगण्डकी नदीको पानी दम्काफाँटमा ल्याएको छ । अहिले लिफ्ट सिँचाइ आयोजनाको सफल परिक्षणसमेत सम्पन्न भइसकेको छ। 

यस वर्ष परीक्षणकै रुपमा केही भागमा सिँचाइ गर्ने र वितरण लाइन विस्तार गरेपछि २४ हेक्टर जमिन नै सिँचाइ गर्ने आयोजनाले जनाएको छ । लिफ्टमार्फत बागलुङमा सिँचाइ गरिएको यो सबैभन्दा ठूलो योजना हो । उर्भरभूमी रहेको दम्काफाँटमा एउटै याममा एक हजार ७०० मुरी धान फल्ने गरेको छ । 

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका प्रमुख विदुरमान श्रेष्ठका अनुसार २४ हेक्टर खेतियोग्य जमिन बाँझिदै जान थालेपछी ठूलो जोखिम मोलेर लिफ्ट योजना ल्याइएको बताए। उनले कालीगण्डकी नदीबाट दम्काफाँट अलि माथि भएकाले ‘डबल लिफ्ट’ गरिएको बताए। पहिलो १४० र दोस्रो १४३ मिटरमा दुई लिफ्ट प्रणाली मार्फत दम्काफाँटमा प्रतिसेकेण्ड पाँच दशमलव पाँच लिटर पानी ल्याउन सफल भएको श्रेष्ठले बताए। 

‘सहुलियत विद्युत् महशुलका कारण किसानलाई सिँचाइमा सहजता हुनेछ, कम लागतमा फाँट मुनिको पानी ल्याउँदा बाँझो जग्गा हराभरा हुने अपेक्षा हाम्रो छ’, आयोजना प्रमुख श्रेष्ठले भने, ‘यस वर्ष मुख्य स्थानबाट सिँचाइ थाल्छौँ, आगामी वर्ष वितरण लाइन समेत विस्तार गरेर दम्काफाँटको २४ हेक्टर जमिन नै सिँचाइ गराउँछौ, अहिले ठेक्का र उपभोक्ता समितिमार्फत रु दुई करोड खर्च भइसकेको छ ।’

निरन्तरको पहल तथा तत्कालीन सांसद तथा नगरप्रमुखको पहलमा दम्काफाँटमा योजना पर्न सफल भएको र अहिले कालीगण्डकीको पानी सफल रुपमा ल्याउन सकिएको बागलुङ नगरपाकिला-१३ का वडाध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिए । उनले बलेवाका अधिकांश जनताको खेतीयोग्य जग्गा दम्काफाँट भए पनि स्रोतको अभावमा हिउँदमा मात्रै नभएर बर्खामा समेत सिँचाइ असुविधा रहेको जानकारी दिए । 

स्थानीय नागरिकको वर्षौदेखिको सिँचाइको माग पुरा गरिएको दम्काफाँट लिफ्ट सिँचाइ आयोजना, बागलुङ-१३ स्थित उपभोक्ता समितिका अध्यक्ष ओम तक्मेलले जानकारी दिए । उपभोक्ता समिति र ठेक्कामार्फत लिफ्ट सिँचाइ आयोजना सम्पन्न भएको जनाउँदै उनले उपभोक्ता समितिमार्फत २४ हेक्टर जग्गामा सिँचाइ सुविधा विस्तारको काम अझै बाँकी रहेको बताए। 

एक करोड ४४ लाखमा पपैँया-विएसी इलाम जेभीले २०८० असार २१ मा ठेक्का सम्झौता गरेर २०८१ पुस मसान्तमा निर्माण सम्पन्न गरेको थियो । त्यसपछि उपभोक्ता समितिमार्फत बाँकी काम सम्पन्न भएको हो ।

 उपभोक्ता मार्फत अहिलेसम्म २७ लाख खर्च भइसकेको र उपभोक्ता समितिमार्फत लागत अनुमानमा भएको शाखा लाइन विस्तार लगायतको काम बाँकी रहेको छ । 

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  १२ : ५५ बजे

गुराँस गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, १८ गौरवका योजना समावेश

सुर्खेत– दैलेखको गुराँस गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ

युद्धविराम घोषणापछि इरानमाथि ‘अनावश्यक आक्रमण’ले नेतन्याहूसँग रिसले आगो भए ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच भएको युद्धविराम

इरानमाथि आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- इरानमाथि आक्रमणको विरोधमा काठमाडौँमा प्रदर्शन गरिएको छ ।  मंगलबार

सुरक्षा विषयमा भारत-नेपाल द्विपक्षीय परामर्श समूहको सोह्रौँ बैठक

काठमाडौं- सुरक्षा विषयसम्बन्धी भारत-नेपाल द्विपक्षीय परामर्श समूह (आईएनबीसीजीएसआई) को सोह्रौँ

ललितपुर महानगरको साढे सात अर्बको बजेटमा १६ वटा प्राथमिकता

काठमाडौं– ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि ल्याएको झण्डै साढे