झापाको पुँजीगत खर्च ४२ प्रतिशत « Khabarhub

झापाको पुँजीगत खर्च ४२ प्रतिशत


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– जिल्लामा चालु आर्थिक वर्ष २०८१-८२ को १० महिनामा पुँजीगत खर्च ४२ दशमलव  ५६ प्रतिशत भएको छ । 

कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुसार पुँजीगततर्फ जिल्लाका लागि १० अर्ब ७१ करोड विनियोजन भएकामा वैशाखसम्ममा रु चार अर्ब ५५ करोड ९२ लाख खर्च भएको छ ।

‘चालुतर्फ विनियोजित १६ अर्ब २२ करोड ९० लाखमध्ये ७७ दशमलव ६३ प्रतिशत अर्थात् १२ अर्ब ५९ करोड ९२ लाख खर्च भएको छ’, उनले भने। 

कार्यालयको तथ्यांकअनुसार समग्रमा जिल्लाको खर्च ६३ दशमलव ६९ प्रतिशत अर्थात् १७ अर्ब १५ करोड ८५ लाख ७० हजार खर्च भएको छ । चालु आवको वैशाखसम्ममा जिल्लाभर १६ अर्ब ९७ करोड ६९ लाख सात हजार २३ राजस्व संकलन भएको छ  । 

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  १ : ४० बजे

लेखनाथ होटल तथा रेष्टुरेन्ट एसोसिएसनको नयाँ कार्यसमिति चयन

गण्डकी– होटल तथा रेष्ट्ररेष्ट एसोसिएसन लेखनाथको १८औँ वार्षिक साधारणसभा तथा

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ९० अर्ब

राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

बालेन बार्दियामा : सम्पर्क कार्यालयमा पुगेर बजाए घण्टी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह