रिठ्ठेपानी डाँडा कटानमा आर्थिक अनियमितता ? « Khabarhub

महालेखा प्रतिवेदन

रिठ्ठेपानी डाँडा कटानमा आर्थिक अनियमितता ?


१ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

पोखरा– चीन सरकारको सहयोगमा बनेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका क्रममा रिठ्ठेपानी डाँडा कटानमा देखिएको आर्थिक गतिविधि र प्रक्रियालाई महालेखा परीक्षकको प्रतिवेदनले शंकास्पद देखाएको छ ।

विमानस्थलको पूर्वतर्फ करिब १.५ किलोमिटर दूरीमा रहेको रिठ्ठेपानी डाँडा विमानस्थलको फ्लाइट प्रोसिड्योर डिजाइनमा अवरोध हुने भन्दै काट्नुपर्ने देखाइएको थियो । त्यसको लागि  ३२ करोड ६८ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो भने ३२ करोड ३० लाखमा संयुक्त उपक्रमसँग ठेक्का सम्झौता भएको प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदनअनुसार, २०७५ सालमा पोखरा महानगरपालिका–२६ नं. वडा कार्यालयले पठाएको पत्रमा स्थानीय बासिन्दाहरूले आफूहरूले नै माटो काट्न अनुमति मागेको उल्लेख छ । तर परियोजनाले कटान गर्नुपर्ने कुल माटोको परिमाण र स्थानीय बासिन्दाले काट्ने परिमाणको कुनै स्पष्ट अभिलेख राखेको छैन । सो अभिलेखबिना नै ठेक्का सम्झौता गरी सार्वजनिक खर्च देखाइएको हो ।

त्यसैगरी, निर्माण कार्यका लागि बोलपत्र पेस गर्ने १० मध्ये ९ बोलपत्रदाताको कर चुक्ता प्रमाणपत्र र बिड बण्डको वैधता नपाएको उल्लेख छ । यस्ता कमजोरी हुँदाहुँदै पनि एक जना बोलपत्रदातासँग लागत अनुमानभन्दा ०.०९ प्रतिशत कम दरमा ठेक्का सम्झौता गरिएको छ ।


ठेक्का अनुसार, ४ लाख २० हजार ४२८ घनमिटर माटो कटान र विसर्जन गर्न निर्माण व्यवसायीले २९ करोड ६९ लाखको कबोल गरेको देखिन्छ । अन्तिम बिलअनुसार ९९.४९ प्रतिशत अर्थात् २९ करोड ५४ लाख भुक्तानी भइसकेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बिहिबार  २ : २५ बजे

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर