दोलखाका ९ स्थानीय तहको बेरुजु १४ करोड ३९ लाख  « Khabarhub

दोलखाका ९ स्थानीय तहको बेरुजु १४ करोड ३९ लाख 


१ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाका ९ वटा स्थानीय तहको बेरुजु १४ करोड भन्दा बढी रहेको पाइएको छ।

महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदन अनुसार जिल्लाका ९ स्थानीय तहको आर्थिक वर्ष २०८०-०८१को बेरुजु १४ करोड  ३९ लाख ८८ हजार रहेको पाइएको छ।

दुई नगरपालिका र सात गाउँपालिका मध्ये सबैभन्दा बढी बेरुजु विगु गाउँपालिका र सबैभन्दा कम बेरुजु जिरी नगरपालिकाको रहेको देखिएको छ। विगु गाउँपालिकाको ५ करोड ४३ लाख ४५ हजार बेरुजु देखिएको छ भने, जिरीको सबैभन्दा कम १७ लाख ४२ हजार रुपैयाँ रहेको छ।

त्यसैगरी भीमेश्वर नगरपालिकाको बेरुजु ३ करोड १५ लाख २ हजार रुपैयाँ ,कालिञ्चोक गाउँपालिकाको १ करोड ९१ लाख ९४ हजार, गौरीशंकर गाउँपालिकाको बेरुजु २ करोड ९ लाख ९४ हजार रुपैयाँ बेरुजु रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ।

त्यसैगरी जिल्लाको तामाकोसी गाउँपालिकाको बेरुजु ८७ लाख  १० हजार रुपैयाँ ,मेलुङ गाउँपालिकाको बेरुजु ६८ लाख ७७ हजार रुपैयाँ , वैतेश्वर गाउँपालिकाको बेरुजु १ करोड ३३ लाख २४ हजार रुपैयाँ  र शैलुङ गाउँपालिकाको बेरुजु १ करोड ५७ लाख ८६ हजार रुपैयाँ रहेको पाइएको हो।

समग्रमा बागमती प्रदेशमा कुल बजेटको १ दशमलव ८२ प्रतिशत रकम बेरुजु  रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बिहिबार  २ : ४१ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका