बनाइन्थ्यो लाइसेन्स, सर्टिफिकेट र डिपेन्डेन्ट भिसालाई नक्कली बिहे दर्ता प्रमाण पत्रसम्म « Khabarhub

तारकेश्वरमा किर्ते कागजातको कारखाना

बनाइन्थ्यो लाइसेन्स, सर्टिफिकेट र डिपेन्डेन्ट भिसालाई नक्कली बिहे दर्ता प्रमाण पत्रसम्म


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिकामा किर्ते कागजात बनाउने कारखानामा भेटिएको छ ।

उक्त कारखानामा प्रहरीले छापा मारेर तीनजनालाई पक्राउ गरेको छ ।

तारकेश्वर नगरपालिका-७ स्थित फुटुङमा विभिन्न सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्र आदि किर्ते गरी नक्कली बनाउने गरेको कारखानामा प्रहरीले बुधबार छापा मारेको हो ।

यसबारे प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रहरीले किर्ते कागजात बनाउने तीनजनालाई पनि पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोरखाको भीमसेन थापा गाउँपालिका-१ का अञ्जनी बयलकोटी, ओखलढुंगा चम्पादेवी गाउँपालिका-७ का निर्मल खड्का र मकवानपुर कैलान गाउँपालिका-२ की अञ्जु खत्री छन् ।

उनीहरूले ८ वर्षदेखि सरकारी तथा गैरसरकारी कार्यालयका कागजात, स्थानीय तहको सिफारिस, शैक्षिक संस्थाको प्रमाणपत्र, जग्गाधनी पूर्जा, सवारी चालक अनुमति पत्रलगायत कागजात किर्ते गरी नक्कल बनाएर प्रयोग तथा प्रचलनमा ल्याउने गरेको प्रहरीले जनाएको छ ।

उनीहरूले डिपेन्डेन्ट भिसाका लागि नक्कली विवाह दर्ता प्रमाणपत्रसमेत बनाउने गरेको पाइएको छ ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ३ : ०९ बजे

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ९० अर्ब

राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

बालेन बार्दियामा : सम्पर्क कार्यालयमा पुगेर बजाए घण्टी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कार्बनकपी दुर्गेश, चोरेरै स्वाग देखाउन सक्ने !

काठमाडौं – बाग्लुङको ग्रामीण गाउँबाट उठेर स्टार कलाकार बन्न दुर्गेश