बनाइन्थ्यो लाइसेन्स, सर्टिफिकेट र डिपेन्डेन्ट भिसालाई नक्कली बिहे दर्ता प्रमाण पत्रसम्म « Khabarhub

तारकेश्वरमा किर्ते कागजातको कारखाना

बनाइन्थ्यो लाइसेन्स, सर्टिफिकेट र डिपेन्डेन्ट भिसालाई नक्कली बिहे दर्ता प्रमाण पत्रसम्म


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिकामा किर्ते कागजात बनाउने कारखानामा भेटिएको छ ।

उक्त कारखानामा प्रहरीले छापा मारेर तीनजनालाई पक्राउ गरेको छ ।

तारकेश्वर नगरपालिका-७ स्थित फुटुङमा विभिन्न सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्र आदि किर्ते गरी नक्कली बनाउने गरेको कारखानामा प्रहरीले बुधबार छापा मारेको हो ।

यसबारे प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रहरीले किर्ते कागजात बनाउने तीनजनालाई पनि पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोरखाको भीमसेन थापा गाउँपालिका-१ का अञ्जनी बयलकोटी, ओखलढुंगा चम्पादेवी गाउँपालिका-७ का निर्मल खड्का र मकवानपुर कैलान गाउँपालिका-२ की अञ्जु खत्री छन् ।

उनीहरूले ८ वर्षदेखि सरकारी तथा गैरसरकारी कार्यालयका कागजात, स्थानीय तहको सिफारिस, शैक्षिक संस्थाको प्रमाणपत्र, जग्गाधनी पूर्जा, सवारी चालक अनुमति पत्रलगायत कागजात किर्ते गरी नक्कल बनाएर प्रयोग तथा प्रचलनमा ल्याउने गरेको प्रहरीले जनाएको छ ।

उनीहरूले डिपेन्डेन्ट भिसाका लागि नक्कली विवाह दर्ता प्रमाणपत्रसमेत बनाउने गरेको पाइएको छ ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ३ : ०९ बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६