महालेखाको प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस, गण्डकीमा १० प्रतिशत ​​​​​​​बेरुजु थपियो  « Khabarhub

महालेखाको प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस, गण्डकीमा १० प्रतिशत ​​​​​​​बेरुजु थपियो 


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष महालेखा परीक्षक कार्यालयले सातौँ वार्षिक प्रतिवेदन पेश गरेको छ।
 
उप–महालेखापरीक्षक वामदेव शर्मा अधिकारीले बिहीबार सातौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेश गरेका हुन् । नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम संवैधानिक निकायले प्रत्येक प्रदेशको काम कारबाहीको सम्बन्धमा अलग अलग प्रतिवेदन तयार गरी प्रदेश प्रमुख समक्ष पेश गर्ने संवैधानिक व्यवस्था छ । 

प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले राज्यका सबै क्षेत्रमा आर्थिक अनुशासन अपरिहार्य रहेको बताए ।

 ‘आर्थिक अनुशासन भएमात्र सुशासन कायम हुनेछ । बेरुजु बढ्दै जानु भनेको सुशासनका लागि चुनौती थपिनु हो ।’ प्रदेश प्रमुखले भने, ‘बेरुजु रकमलाई जति कम बनाउन सकिन्छ उति नै आर्थिक समृद्धि हासिल हुन्छ । आर्थिक अनुशासन कायम गर्नका लागि राज्यका तीनै तह जिम्मेवार बन्नुपर्नेछ । सरकारी कर्मचारीहरू जवाफदेही बन्नुपर्दछ ।’

कार्यक्रममा प्रदेश प्रमुखको कार्यालयका सचिव बद्रिनाथ अधिकारी, महालेखा परीक्षकको कार्यालयका नायव- महालेखापरीक्षक राजेन्द्रराज ओझा लगायत सहभागी थिए । गत आर्थिक वर्षमा प्रदेश मन्त्रालय तथा निकाय १ सय ८३ र समिति र अन्य संस्था २० गरी २ सय ३ वटा कार्यालयको ४१ अर्ब २० करोड रुपैयाँको लेखा परीक्षण गएको थियो । 

प्रतिवेदन अनुसार प्रदेश सरकारको अद्यावधिक बेरुजु गत वर्षभन्दा १० प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ५१ करोड ९८ लाख रुपैयाँ बेरुजु थपिँदा हालसम्म गण्डकीको बेरुजु २ अर्ब ९८ करोड ५१ लाख रुपैयाँ पुगेको छ । 

पछिल्लो प्रतिवेदन अनुसार कुल बेरुजुमध्ये सरकारी कार्यालयतर्फ भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको सबैभन्दा बढी ५९ दशमलव २२ प्रतिशत छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको १५ प्रतिशत र उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको १३ प्रतिशत बेरुजु छ । 

प्रदेशमा बन्नुपर्ने कानुन नबनाएको तर केही कानुनमा भने बढी प्राथमिकता दिइएको महालेखाले उल्लेख गरेको छ । यसैगरी दरबन्दी र पदपूर्ति अनि अभिलेख र दायित्व पारदर्शी नभएको, बारम्बार मन्त्रालयको कार्यक्षेत्र हेरफेर भएको विषयलाई सैद्धान्तिक रुपमा उठान गरिएको छ ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ३ : ४५ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार