विराटनगर महानगरको बेरुजु सबैभन्दा कम, ०.३२ प्रतिशत मात्रै | Khabarhub Khabarhub

विराटनगर महानगरको बेरुजु सबैभन्दा कम, ०.३२ प्रतिशत मात्रै


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

 विराटनगर– छ वटा महानगरमध्ये विराटनगर महानगरपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ वार्षिक प्रतिवेदनमा विराटनगर महानगरको बेरुजु शून्य दशमलव ३२ प्रतिशत मात्र देखिएको हो । 

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०-८१ मा विराटनगर महानगरको रु छ अर्ब ४४ करोड ७६ लाखको लेखापरीक्षण हुँदा जम्मा रु दुई करोड आठ लाख ५७ हजार मात्र बेरुजु देखिएको हो  । 

आव २०८०-८१ मा २१ करोड बेरुजु फछर्यौट भएको महानगरको आर्थिक प्रशासन महाशाखाका प्रमुख सञ्जीवकुमार भट्टराईले जानकारी दिए। उनका अनुसार आर्थिक वर्ष २०७७-७८ मा रु एक अर्ब ६३ करोड ५७ लाख ४३ हजार बेरुजु रहेकामा आव २०७८-७९ मा २२ करोड ९४ लाख ८१ हजार थपिएको थियो ।
 
जसमा आव २०७८-७९ मा रु एक अर्ब १९ करोड ४२ लाख ५२ हजार बेरुजु फछर्यौट गरिएको थियो । २०७८-७९ सम्म कूल बेरुजु रु ७६ करोड नौ लाख ७२ हजार रहेकामा आव २०७९-८० मा रु सात करोड ११ लाख ५३ हजार बेरुजु थपिएको थियो । सो आवमा रु २३ करोड ८३ लाख फछर्यौट गरिएको थियो ।
 
आव २०७९-८० सम्म कूल बेरुजु रु ५० करोड ३८ लाख २५ हजार बाँकी रहेकामा आव २०८०र८१ मा रु दुई करोड आठ लाख थपिएको र रु २१ करोड फछर्यौट भई आव २०८०-८१ मा जम्मा रु ३१ करोड ४६ लाख २५ हजार बेरुजु बाँकी रहेको महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख भट्टराईले जानकारी दिए ।
 
 गत तीन आर्थिक वर्षको महानगरको कूल बेरुजु रु एक अर्ब ६३ करोड ५७ लाख ४३ हजार थियो ।  महानगरको बेरुजु हरेक आव घट्दै गएको उहाँको भनाइ थियो ।
 
आव २०७९-८० मा रु सात करोड ११ लाख ५३ हजार बेरुजु रहेकामा २०८०-८१ मा रु दुई करोड आठ लाख मात्रै बेरुजु देखिएको छ । जुन शून्य दशमलव ३२ प्रतिशत मात्रै हो ।
 
महानगरपालिकाका प्रमुख नागेश कोइरालाले आफूले नेतृत्व समालेदेखि बेरुजुलाई शून्यमा झार्ने लक्ष्यका साथ काम गरिरहेको बताए। महानगरपालिकाको नेतृत्वमा आउँदा झण्डै रु दुई अर्ब बेरुजु रहेकामा अहिले कूल बेरुजु रकम रु ३१ करोडमा झार्न सफल भएको प्रमुख कोइरालाको भनाइ छ ।
 

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ५ : ४२ बजे

विधेयक कहिले आउँछ भनी कुरेर बसेका छौँ, सभा छिटो चल्दिए हुन्थ्यो : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभा नीति निर्माण गर्ने महत्त्वपूर्ण

कोलम्बियाका राष्ट्रपतिका उम्मेदवार गोली प्रहारबाट घाइते

बोगोटा– कोलम्बियाका दक्षिणपन्थी विपक्षी सिनेटर तथा आगामी वर्षको राष्ट्रपति चुनावका

देशका हिमालबारे शब्दमा बयान गर्न सकिन्न : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले मुलुकका हिमाल र हिमशृङखला हेरेर

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ३३ करोड ४७ लाख बिगो मादाबी

काठमाडौं- नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालसहित १८ जनाविरुद्ध

फिल्म ‘द ब्ल्यू लाइट’को पोस्टर : तनावमा वेनिशा

काठमाडौं – छायाङ्कनरत फिल्म ‘द ब्ल्यू लाइट’को नयाँ पोस्टर सार्वजनिक