भारतको उत्तराखण्ड गौरीकुण्डमा हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु « Khabarhub

भारतको उत्तराखण्ड गौरीकुण्डमा हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको उत्तराखण्डमा पर्ने केदारनाथ धाम पुगेर फर्किएको हेलिकोप्टर दुर्घटना हुँदा चालकसहित ७ जनाको मृत्यु भएको छ ।

आर्यन कम्पनीको हेलिकप्टर खराब मौसमका कारण रुद्रप्रयाग जिल्लाको केदारघाटीको गौरीकुण्ड र त्रिजुगीनारायणको बीचमा दुर्घटनाग्रस्त भएको हो । मृतकहरूमा एक बालिका पनि रहेको बताइएको छ ।

उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरण (युसीएडीए) का अनुसार, हेलिकप्टर आइतबार बिहान ५ः३० बजे केदारनाथबाट गुप्तकाशीका लागि उडेको थियो । उडान भरेको केही समयपछि नै हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो ।

जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारले हेलिकप्टर दुर्घटनाको पुष्टि गरेका छन् ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ९ : ५८ बजे

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : देउवाले महामन्त्रीद्वयलाई बोलाए

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती