पर्यटकीयस्थल खोपारामा भौतिक पूर्वाधार निर्माण « Khabarhub

पर्यटकीयस्थल खोपारामा भौतिक पूर्वाधार निर्माण


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

खोप्रा– अन्नपूर्ण गाउँपालिका–५ मा स्थित पर्यटकीयस्थल खोप्रालेक (खोपारा)मा आश्रयस्थल, पदमार्ग, सार्वजनिक शौचालयलगायत संरचना निर्माण गरिएको छ । यहाँ आउने पर्यटकको सहजताका लागि आश्रयस्थल, पदमार्ग, सार्वजनिक शौचालयलगायत संरचना निर्माण गरी स्वच्छ खानेपानीको व्यवस्था गरिएको हो । 

गण्डकी प्रदेश सरकारको २० लाख रुपैयाँ बजेटबाट पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले उपभोक्ता समितिमार्फत खोपारा पर्यटन पूर्वाधार योजना सञ्चालन गरेको कार्यालय प्रमुख अमृत कँडेलले जानकारी दिए ।

उनका अनुसार करिब एक सय ५० जना क्षमताको आश्रयस्थल, दुई वटा सार्वजनिक शौचालय र खोप्राबाट बयलीतर्फ जाने भिरमा पाँच सय मिटर पदमार्ग निर्माण भएको छ । 

उक्त पदमार्गमा ढुङ्गा पनि बिछ्याइएको उल्लेख गर्दै कँडेलले करिब ६० मिटर पदमार्गको डिलतर्फ फलामको रेलिङ राखिएको बताए । ‘गत वर्ष जडान गरिएको एक हजार ८०० मिटरको पाइपलाई जमिनभित्र गाडिएको छ । यसअघि निर्माण भएको सामुदायिक लजको भवनमा रङगरोगन र भल तर्काउने कुलेसो निर्माण भएको छ’, उनले भने ।

समुद्री सतहबाट तीन हजार ६०० मिटर उचाइमा रहेको खोप्रामा योजना सञ्चालन गर्न पाउद्धार गाउँका मजदुर ४५ दिनसम्म त्यही बास बसेका थिए ।

गाउँबाट आवतजावत गर्न टाढा भएकाले २८ जनाले सम्बन्धित ठाउँमा बास बसेर साँझ बिहानको समयमा पनि काम गरेका उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद तिलिजाले बताए । गत वर्षपनि प्रदेश सरकारद्वारा प्राप्त रु १२ लाख बजेटबाट यहाँ पर्यटन पूर्वाधार निर्माण भएको थियो । 

स्थानीयवासीले खोपारा भन्ने यस स्थान पर्यटन क्षेत्रमा खोप्राको नामले चिनिएको छ । सडक विस्तारसँगै अन्नपूर्ण चक्रीय पदमार्गमा छोटिएको पर्यटकको बसाइ र यात्रा अवधि लम्बाउन खोप्रालाई वैकल्पिक गन्तव्य बनाइएको छ ।

खोपारा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याम्प) भित्र पर्छ । गुराँसको जङ्गलको बीचमा पहाडको टाकुरामा भिरालो भूगोलमा अवस्थित खोपारा जैविक विविधतायुक्त ठाउँ हो । 

यहाँबाट अन्नपूर्ण, धौलागिरि, निलगिरि, गुर्जा हिमाल, सूर्योदय, सूर्यास्त, पहाडी भूगोल, वनजङ्गल, वन्यजन्तु, पशुगोठ, ताल, झरनाको दृष्य अवलोकन गर्न सकिन्छ ।

पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा खोपरा पर्न थालेपछि पर्यटन सहकारी संस्थाले सञ्चालन गरेको सामुदायिक लजको क्षमता वृद्धि गर्न आश्रयस्थलको नयाँ भवन निर्माण गरिएको अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजा पुनले जानकारी दिए । 

प्रकाशित मिति : १ असार २०८२, आइतबार  २ : ४१ बजे

आज २०८३ साल वैशाख २९ गते मंगलबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख २९ गते मंगलबार। जेठ

नीति तथा कार्यक्रममा विज्ञान प्रविधि नसमेटिएको भन्दै सरकारमाथि महावीर पुनको रिस

काठमाडौँ । प्रतिनिधिसभाका एक्ला स्वतन्त्र सांसद महावीर पुनले सरकारको नीति

संवैधानिक इजलासमा न्यायाधीशहरूको कित्ताकाट

काठमाडौँ । निजामती कर्मचारी ट्रेड युनियन बन्द गर्ने सरकारको निर्णयमाथि

राष्ट्रपतिले नीति कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बाहिरिएको घटनामा कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिबाट सरकारको

विद्यार्थीलाई बधाई दिँदै शिक्षामन्त्रीले व्यक्त गरे एक महिनामै नतिजा सफल बनाउने शिक्षकप्रति आभार

काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले एसईई परीक्षामा सफल सबै विद्यार्थीलाई