भिजिट भिसा प्रकरणमा हामीले ल्याएको प्रस्तावबाट रास्वपा पछि हट्यो : सचेतक घिमिरे | Khabarhub Khabarhub

भिजिट भिसा प्रकरणमा हामीले ल्याएको प्रस्तावबाट रास्वपा पछि हट्यो : सचेतक घिमिरे


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणमा आफूले ल्याएको प्रस्तावबाट रास्वपा पछि हटेको आरोप लगाएका छन् ।  

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले रास्वपाको प्रस्ताव अनुसार नै सरकारले भिजिट भिसा प्रकरणको छानबिन गर्ने प्रतिबद्धता जनाउँदा अन्तिममा रास्वपा पछि हटेको आरोप लगाएका हुन् ।

आफूले ल्याएको प्रस्तावबाट रास्वपा पछि हटेपछि समयमा नै बजेट पारित गर्न सदन चलाउनुको विकल्प नभएको उनले बताए ।  

घिमिरेले सदनलाई अघि नबढाए बजेट पारित गर्न असफल हुने देखिएकाले रास्वपाको विरोधका बाबजुद सदनलाई अघि बढाइने धारणा राखे ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ५ : ४३ बजे

बडादशैँको मुख्य दिन आज विजयादशमी : टीकाको उत्तम साइत बिहान ११:५३ बजे

काठमाडौं– बडादशैँ अन्तर्गत दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट शुभसाइत

शक्तिपूजाको इतिहास कसरी सुरु भयो ?

नारीलाई शक्तिको रूपमा महत्व दिएर पूजा र प्रार्थना गर्ने परम्परा

सत्य, धर्म र न्यायको विजयको प्रतीक दशैँ : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको

आज दशैँको टीका : शक्ति, आशीर्वाद र उत्सवको दिन

काठमाडौं – दशैँ नेपालमा मनाइने सबैभन्दा विशाल, जीवन्त र रंगीन

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असोज १६ गते बिहीबार। आश्विन